भिडियोमा केकी र पुष्पलको प्रेम

नेपाली चलिचत्रकी नायिका केकी अधिकारी चलचित्रमा जति व्यस्त छिन् त्यो भन्दा बढी मोडलिङमा सक्रिय छिन् । केकीको अभिनय रहेको नयाँ म्युजिक भिडियो मंगलबार युट्युब मार्फत् सार्वजनिक भएको छ ।

भाइब्स क्रिएसनको च्यानलबाट सार्वजनिक भएको भिडियोमा केकीलाई मोडल तथा नायक पुष्पल खड्काले साथ दिएका छन् । केकी र पुष्पललाई एउटै म्युजिक भिडियोबाट सार्वजनिक गरेका हुन् गायक परशुराम रिजालले ।

राजधानीको त्रिभुवन पार्कमा छायांकन भएको भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन् । जसमा नेपाल प्रहरीका एसपी राजुबाबु श्रेष्ठको शब्द समेटिएका छन् भने चर्चित संगीतकार राजनराज शिवाकोटीले संगीत भरेका छन् । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

कृष्ण सिटौलालार्ई हराउँदै झापा ३ मा राप्रपाका लिङ्देन विजयी

२४ मंसिर, झापा । कांग्रेस नेता कृष्ण सिटौलालाई पराजित गर्दै राप्रपाका राजेन्द्र लिङ्देन झापा ३ बाट प्रतिनिधिसभा सदस्य सदस्यमा विजयी भएका छन् । बाम गठबन्धनका ...