चलचित्र संघको अध्यक्षमा प्रदिप उदय निर्विरोध

काठमाडौं । हल सञ्चालक र चलचित्र वितरकहरुको संस्था नेपाल चलचित्र संघको अध्यक्षमा प्रदिपकुमार उदय सर्वसम्मत चयन भएका छन् ।

हेटौडामा सम्पन्न संघको ४४ औं वार्षिक साधारण सभाले उदयलाई अध्यक्षमा निर्विरोध चयन गरेका हो । यस्तै कार्यसमिति सदस्यहरुमा अशोक शर्मा, बीरेन्द्र नारायण श्रेष्ठ, मधुसुधन प्रधान, नरेन्द्र महर्जन, गोपाल कायस्थ चयन भएका छन् । त्यस्तै अर्जुन श्रेष्ठ, मदनमान बज्राचार्य, विक्रम पराजुली, कपिल द्धा, राजिककुमार शाह, निराज पोखरेल, नारायणप्रसाद आचार्य र ओम जैसी कार्यसमिती सदस्य छनौट भएका छन् ।

यसरी चयन भएका सदस्यहरुबाटै केही दिनपछि उपाध्यक्ष सहित बाँकी पदाधिकारीको घोषणा गरिने नव निर्वाचित अध्यक्ष उदयले बताए ।

यस्तै संघको पूर्वाञ्चल क्षेत्र अन्तर्गत सभापतिमा चैतन्य बराल र सचिबमा परशुराम चौधरी चयन भएका छन् । बर्तमान अध्यक्ष नकिम उद्दिनले बैशाखदेखि प्रदीप कुमार उदयको नयाँ कार्यसमितिलाई कार्यभार सुम्पने जानकारी कार्यक्रममा गराए ।

संघको ४४ औं वाषिर्क साधारण सभाको उद्घाटन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली चलचित्र समय अनुसार परिवर्तन हुँदै जानु पर्ने बताए ।

२०४५ सालमा आफु तात्कालिन सञ्चारमन्त्री हुँदा वर्षमा एउटा नेपाली सिनेमा बन्ने गरेको अध्यक्ष थापाले बताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले सिनेमा हल समय अनुसार सुधार हुन नसकेको भन्दै मोफसलका फिल्म हलमा नेपाली चलचित्र चल्न छाडेको बताए ।

चलचित्र संघका अध्यक्ष नकिम उद्दिनले नेपाली चलचित्र डिजटल प्रविधीमा गएपछि नेपाली फिल्मले ८० प्रतिसत भन्दा बढी नेपाली बजार ओगट्न सफल भएको धारणा राखे ।

खगेन्द्रको शैलीः नयाँ फिल्ममा नयाँ पात्रको जन्म

चलचित्र ‘टकलजंग भर्सेस टुल्के’ रिलिज भएपछि कलाकार खगेन्द्र लामिछानेलाई दर्शकले ‘टुल्के’को नामले चिने । मल्टिप्लेक्सका दर्शकमाझ उनको छवि राम्रो बन्यो । बाटोमा हिड्दा होस् या ...