शहीद दिवस : सन्देशमा कसले के भने ?

१६ माघ, काठमाडौं – शहीद दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न दलका नेताले सन्देश दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र र अग्रगमन महान शहीद त्याग तथा बलिदानको परिणाम हुन् भन्दै उहाँहरूले राष्ट्रनिर्माणको महायज्ञमा स्वतः समाहित हुने प्रेरणा प्रदान गर्नुभएको बताउनुभएको छ ।

शहीद दिवसका अवसरमा दिनुभएको सन्देशमा राष्ट्रपतिले आदरणीय ज्ञात–अज्ञात शहीदका सपना साकार पार्न यो दिवसले प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्देशमा उहाँले वीर, अमर, त्यागी  र भविष्यद्रष्टा शहीदको बलिदानबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्दै देशमा राजनीतिक सहमति मार्फत शान्ति, विकास गर्न सकेमा मात्र शहीदप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जली हुने भएकाले त्यसतर्फ हामी सबै नेपाली एकताबद्ध भएर मन, वचन र कर्मले लाग्न जरुरी भएको बताउनुभएको छ ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध बनाउन शहीदको सपना तथा योगदान सधैँ प्रेरणादायी हुने बताउनुभएको छ ।

शहीद दिवसका अवसरमा आइतबार प्रधानमन्त्री प्रचण्डले दिनुभएको सन्देशमा देशको स्वतन्त्रताको पक्षमा निरङ्कुशताविरुद्ध उभिएर विभिन्न आन्दोलन, जनआन्दोलनका समयमा आफ्नो जीवन बलिदान गर्नुहुने महान शहीदको योगदान सधंँै स्मरणीय रहने उल्लेख गर्नुभएको छ ।

सन्देशमा प्रधानमन्त्री दाहालले राष्ट्रिय एकतालाई अझ सुदृढ र दरिलो बनाउने गरी उपयोग गर्न तथा यसमा सबै नेपालीहरूले अपनत्व महसुस गर्न ऐतिहासिक दिनबाट शान्ति र विकाससहितको समुन्नत भविष्यका लागि सहकार्य गरी अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । रासस

समृद्धिका लागि काँग्रेसको सरकार चाहिन्छ:- बिनोद चौधरी

नवलपरासी कार्तिक २८, दुईसाता अघि नेपाली काग्रेसमा प्रबेश गरेका उद्योगपति बिनोद चौधरीले आफु अब नेपाली काँग्रेसबाट राजनितिमा सकृय रहने बताएका छन् । नवलपरासीको अमरापुरीमा आयोजित ...