सन्तुको पञ्चेबाजा गीत ‘तम्घास बजार’

काठमाडौं । लोक गीत गाउँदै आएका गायक सन्तु थापा मगरको नयाँ गीत तम्घास बजार सार्वजनिक भएको छ । पञ्चेबाजामा आधारित उक्त गीतमा सन्तु र निर्मला थापा मगरको स्वर रहेको छ भने बसन्त थापाको शब्द रहेको छ ।

पञ्चेबाजा नेपालको मौलिक बाजा भएकाले यसमा छुट्टै मिठास भएको धारणा राख्छन् सन्तु । आधुनिक बाजाको प्रयोगले मौलिक बाजा छाँयामा परेको अनुभव गरेका सन्तुले मौलिक बाजालाइ प्राय गीतमा समेटेको धारणा राखे । त्यसो त हिँउदको याममा गाउँघरमा बिहे लगायत कार्यक्रम हुने धारणा राख्ने सन्तु बैबाहिक कार्यक्रममा आफ्नो गीत कामयबी हुने धारणा राख्छन् ।

यो गीतको छायाङ्कन पनि गुल्मीको जुभुङमा गरिएको थियो । सन्तुकै निर्देशन रहेको भिडियो रेसुङ्गा म्युजिकले बजारमा ल्याएको हो ।