सरकारको पत्र निर्वाचन आयोग पुग्यो

२१ माघ – स्थानीय चुनावको तयारी गर्न आग्रह गर्दै सरकारले निर्वाचन आयोगमा पत्र दर्ता गराएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार सरकारले आयोगलाई आवश्यक कानुन तयार भइसकेकाले चुनावको तयारीमा लाग्न आग्रह गर्दै पत्र पठाएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आयोगलाई पठाइएको पत्रमा निकाय वा तह कुनको चुनाव गर्ने उल्लेख नभएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । तह वा निकाय कुन चुनाव गर्ने भन्नेबारे बिहीबारको मन्त्रिपरिषद् बैठक विवाद भएको थियो ।

त्यस्तै सरकारले वैशाख अन्तिम हप्तादेखि जेठ १० गतेभित्र चुनाव गरी सक्ने भने पनि आयोगलाई पठाइएको पत्रमा समय सीमासमेत उल्लेख गरिएको छैन ।

धुलो व्यवस्थापन गरी वातावरण संरक्षण गर्न परिपत्र

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई धुलो व्यवस्थापनलगायत वातावरणीय संरक्षणमा काम गर्न परिपत्र जारी गरेको छ । मन्त्रालयले आज महानगरपालिका, उपमहानगरपालिका, ...