३४ किलो सुनकाण्डमा एसएसपी श्याम खत्री पक्राउ

२३ माघ, काठमाडौं । दुबईबाट आएको ३४ किलो सुन काण्डमा एसएसपी श्याम खत्री पक्राउ परेका छन् । खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सिआईबीको टोलीले आइतबार प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरेको हो ।

सुनकाण्डमा मुछिएपछि खत्रीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरी प्रधान कार्यालय नक्शालमा सरुवा गरिएको थियो ।

विमानस्थलमा ३४ किलो सुनकाण्डपछि कर्मचारीहरु छानविनको दायरामा आउने क्रमसँगै एसएसपी खत्रीलाई पनि त्यहाँबाट फिर्ता बोलाइएको थियो ।

सुनको मालिक खोज्ने क्रममा प्रहरीले एयरपोर्ट भन्सारका केही कर्मचारीहरुलाई पनि पक्रेको छ ।

रसुवाको माझगाउँमा एकै घरमा १२ वटा मोबाइल चोरी,अनुसन्धान भइरहेको प्रहरीको भनाई

रसुवा भदौ, १८, रसुवाको माझगाउँमा गएराति एकै घरमा १२ वटा मोबाइल चोरी भएको छ । मोवाइल राति करिव २ बजेदेखि ४ बजेको बिचमा चोरी भएको ...