नुवाकोटमा पनि ६० औँ सहकारी दिबस मनाईयो ।

 २० चैत, नुवाकोट ।  दिगो बिकास लक्ष्य प्राप्तिको लागी सहकारी भन्ने मुल नाराका साथ नुवाकोटमा पनि ६० औँ सहकारी दिबस मनाईएको छ ।

६० औँ सहकारी दिबस कार्यक्रमलाई सम्बोधन गर्नुहँदै नुवाकोटका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेलले सहकारी अभियानले साना किसान तथा ब्यबसायिहरुलाई सहज रुपले कर्जा प्रबाह गरी ब्यबसायमा बृद्धि गरेको बताउनु भयो ।

Nuwakot Sahakari Diwasयस्तै, जिल्लामा रहेका सहकारीहरुले करीब १ हजार नागरिकह्रुलार्य रोजगारि प्रदान गर्दै सम्बृद्ध तफए अगाडी बढेको बताउनु भयो । राष्ट्रले नै सहकारीलाई दिगो बिकास लक्ष प्राप्तिको लागी सहकारी भन्ने नाराका साथ अगाडी बढिरहेको समयमा नुवाकोट जिल्लामा रहेका सहकारीहरुले समुदाय प्रतिको आफ्नो उत्तरदायित्व बहन गरिरहेको बतउनु भयो ।

यस्तै, राष्ट्रले लिएको तिन खम्बे अर्थनितिमा सहकारी पनि एक रहेको स्मरण गर्नुहुँदै गाँउमा छरिएर रहेको पँुजिलाई एकत्रित गरी ब्यबसायीक क्षेत्रमा लगानी गरी सम्बृद्धको तर्फ अगाडी बढिरहेको बताउनु भयो । आगामि दिनमा अझै सहकारीहरु मर्ज भएर ठुलो लगान्ी गर्न सषम हुनु पर्ने बताउनु भयो । ठुला ठुला ब्यबसायिक क्षेत्रमा सहकारीको लगानी आबाश्यक रहेको बताउनु भयो ।

यस्तै, कार्यक्रममा डिभिजन सहकारी कार्यालय नुवाकोटका प्रमुख शंकरराज पाठकले सहकारीले मुलुकको आर्थिक ढोका खोल्न सक्ने बताउनु भयो । नुवाकोटमा रहेका सबै सहकारीले बास्केट फण्ड बनाएर ब्यबसायिक क्षेत्रमा लागनी गरेमा आर्थिक, र सामाजिक रुपमा सहकारी सफल हुने बताउनु भयो ।

कार्यक्रममा, जिल्ला समन्वय समितिका सचिब केशरबहादुर पण्डित, बिदुर नगरपालीकाका कार्यकारी अधिकृत तुलसिप्रसाद अधिकारी, जिल्ला सहकारी संघका अध्यक्ष राजेश श्रेष्ठ लगायतले मन्तब्य राख्नु भएको थियो ।

Nuwakot Sahakari Diwas1विसं २०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ ।

अहिले नेपालमा विभिन्न विषयगत तथा बहुउद्देश्यीय गरी झण्डै ३७ हजार सहकारी संस्था दर्ता छन् । रोजगारी सिर्जना, गरिबी न्युनिकरण र देशको ग्राहस्थ उत्पादन तथा राजस्व संकलनमा सहकारी क्षेत्रको योगदान उल्लेखनीय मानिन्छ । तर यस क्षेत्रलाई थप व्यवस्थित, मर्या्दित र सुरक्षित बनाउन नसक्दा दर्ता भएकामध्ये झण्डै २० प्रतिशत सहकारी संस्था निष्क्रिय छन् ।

सहकारीको सिद्धान्त अनुसार चल्न नसक्दा दर्ता भएका सबै संस्था सञ्चालन नभएका हुन् । यस्तै सहकारी क्षेत्रमा समस्या दिगो रुपमा समाधान गर्न भनदै सरकारले सहकारी ऐन ल्याउन लागेको छ । ऐन अन्तिम चरणमा पुगेको सरकारले जनाएको छ ।

५० लाख पटक हेरियो सुर्के थैली

चलचित्र ‘वडा नम्बर ६’ को चर्चित गीत ‘सुर्के थैली खै’ ले युट्युबमा कीर्तिमानी राखेको छ । नेपाली गीतसंगीतको क्षेत्रमा सबैभन्दा बढी पटक हेरिएको गीतको रुपमा ...