रसुवाका विस्थापितका लागि एकिकृत वस्ती निमार्ण सुरु

२४ चैत, रसुवा । भूकम्प गएको २३ महिना पछि रसुवाका विस्थापितका लागि एकिकृत वस्ती निमार्ण सुरु भएको छ ।

भूकम्पका कारण गाँउमा सुख्खा पहिरो झर्न थालेपछि हाकु, डाँडागाँउ र ठुलोगाँउबाट विस्थापित भएर जिल्लाको विभिन्न स्थानमा वसिरहेका विस्थापितलाई सुरक्षित स्थानमा राख्नका लागि एकिकृतवस्ती निमार्ण थालिएको हो । वन्न लागेको एकिकृतवस्तीमा गाँउबाट विस्थापित भएर नौविसे तथा वोगटीटार स्थित नीजि तथा सरकारी जग्गामा वसिरहेका दुई सय भन्दा बढि विस्थापित वस्न पाउने भएका छन् ।

उत्तरगया गाँउपालिकाको खाल्टेमा निमार्ण हुन लागेको उक्त एकिकृत वस्तीमा बुधबारदेखि जग्गा सम्याउने काम सुरु भएको छ । खाल्डेमा पाँच सय घर निमार्ण हुने भएपनि पहिलो चरणमा एकसय घर निमार्ण गर्न लागिएको रसुवाका सांसद जनार्दन ढकालले वताउनुभयो ।
उक्त एकिकृत वस्ती निमार्णको काम कादुरी नामक संस्थाले गर्न लागेको हो । वर्खा अगाडी नै प्रभावितलाई एकिकृत वस्तीमा राखने गरी निमार्ण कार्य थालिएको वताइएको छ । जिल्लाको उत्तरगया गाँउपालिकामा वसिरहेकालाई वस्ती निमार्ण थालिएपनि धुन्चेमा वसिरहेकालाई के गर्ने भन्नेमा अहिलेसम्म टुुङ्गो नलाग्दा समस्या आएको छ ।

भूकम्प पछि गाँउ छाडेर हिडेका प्रभावित खेती गर्ने समयमा भने गाँउ जाने गरेका छन् । धुन्चेमा वसिरहेका विस्थापित मध्ये ३२ घरधुरी सामुहिक आवासमा वसेका छन् भने ५० घरधुरी भन्दा बढि विस्थापित सरकारी तथा नीजि जग्गामा टहरा वनाएर वसिरहेका छन् ।
गाँउ फर्कनका लागि पटक पटक आग्रह गरेको भएपनि सरकारी निकाय तथा राजनैतिक दलले सहयोग नगर्दा गाँउ फर्कन समस्या भएको हाकुकी याङ्जेन तामाङले वताउनुभयो । गाँउमा सुख्खा पहिरो खसेर मरिने होकी भन्ने त्रासले गाँउ जान नसकेका प्रभावित जग्गा सुरक्षित भए वा नभएको प्रमाणित भएमा सजिलो हुने वताउँछन् ।

भूगभविद् गएर जाँचेको भन्ने सुनिएको तर होकी होइन भन्ने एकिन नभएको हाकुका उत्तम तामाङले बताउनुभयो ।

चेल्सीलाई १० अंकको अग्रता

वैशाख ६ – इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको चेल्सीले आफ्नो उपाधि यात्रालाई बलियो बनाएको छ । शनिबार राति भएको खेलमा चेल्सीले म्यानचेष्टर युनाइटेडलाई १–० ...