मोर्चालाई भारतको सुझाव – चुनावमा जाऊ

२ वैशाख, काठमाडौं । सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचनमा सहभागी हुन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई छिमेकी भारतले दबाब दिन थालेको छ । सरकारले दोस्रोपटक दर्ता गराएको संशोधन विधेयकलाई स्वीकार गरी स्थानीय निकायको निर्वाचनमा सहभागी हुन भारतीय पक्षले सुझाव दिएको मधेसी मोर्चाको उच्च स्रोतले जानकारी दियो ।

Upendra-Yadav-and-Mahantha-Thakur-Madhesi-Morcha

शुक्रबार नयाँ वर्षको शुभकामना दिँदै भारतीय राजदूत मञ्जिभसिंह पुरीले मधेसी मोर्चाका नेताहरुलाई निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए । मोर्चाका नेताहरुसँग भएको टेलिफोन संवादमा उनले निर्वाचनमा सहभागी हुन आग्रह गरेको आजको नेपाल समाचारपत्र दैनिकले लेखेको छ ।

यसअघि पनि मधेसी मोर्चाका नेताहरुलाई भारतीय राजदूत पुरीले भेटघाटका क्रममा निर्वाचनमा भाग लिन आग्रह गर्दै आएका थिए ।

एचआइभी संक्रमणको जोखिममा रहेकालाई निःशुल्क औषधि

चितवन, ११ कात्तिक (रासस) ः एचआइभी संक्रमितलाई दिइदै आएको एआरटी औषधि अब संक्रमणको जोखिममा रहेकाले पनि पाउने भएका छन् । रगत परीक्षण गरी सिडीफोर भन्ने ...