कमल थापाले दिए सरकार र सदन छोड्ने चेतावनी

५ बैशाख, दाङ । उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले सरकार र सदन छोड्ने चेतावनी दिएका छन् ।

थापाले राप्रपा हिन्दू राष्ट्र र राजसंस्था सहितको लोकतान्त्रिक पार्टी भएकोले यस विषयमा निर्वाचन आयोगले गरेको निर्णय नसच्याइए सरकार र सदन दुवै छोड्ने चेतावनी दिएका हुन् ।

Kamal-Thapa-1

रिपोटर्स क्लवले मंगलवार तुलसिपुरमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उपप्रधान मन्त्री थापाले हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र पार्टीको आत्मा भएको भन्दै यस विषयमा निर्वाचन आयोगले गरेको निर्णय नसच्याइए निर्वाचन भाग नलिने संकेत गरे ।

‘हामीले निर्वाचन आयोगले निर्णयमा पुर्नविचार गरोस भन्ने चाहन्छौ,’ उनले भने, ‘ यदी त्यो भएन भने पार्टीले उपयुक्त समयमा उपयुक्त निर्णय लिन्छ, पार्टीसंग सरकार छाड्नेदेखि स्थानीय तहको निर्वाचनमा भाग नलिनेसम्मका विकल्प अगाडि छन् ।’

आयोगको निर्णय नसच्चिएसम्म आफूहरु सरकारमा बस्नु र नवस्नुको कुनै अर्थ नरहेको बताउदै थापाले राप्रपालाई जवरजस्ति आन्दोलन लैजाने कसरत सुरु गरिएको आरोप लगाए ।

दशैंपछिको दोस्रो दिननै नेप्से करिब १४ अंकले ओर्लियो

रसुवा असोज १८, दशैंपछि खुलेको बजार मंगलवार बढेको भएपनि बुधवार दोहोरो अंकले घटेको छ । मंगलवार करिब ७ अंक जोडेको नेप्सेले त्यसको दोब्बरले ह्रास भएर ...