राजेशको ‘चिसो व्यवहार’ करिश्मालाई मन परेन

नायिका करिश्मा मानन्धर र नायक राजेश हमालको जोडीलाई नेपाली चलचित्रमा ‘सदाबहार’ जोडीको रुपमा लिइन्छ । यी दुइले अभिनय गरेका थुप्रै चलचित्र सफल छन् । चलचित्र ‘साथी’मा समावेश ‘आइ लभ यू’ बोलको गीत त अहिले पनि उस्तै चर्चामा छ ।

उनै, करिश्माले नायक हमालको बारेमा समय-समयमा टिप्पणी गर्दै आएकी छिन् । केही समय अगाडि उनले नायक राजेश हमाललाई काठमाण्डौको मेयर पदमा स्वतन्त्र रुपमा उठ्न चुनौती दिएकी थिइन् । करिश्माको यो चुनौतीको जवाफ अहिलेसम्म नायक हमालले दिएका छैनन् ।

rajesh-karishma

फेरि, नायिका करिश्माले हमालको एउटा बानीप्रति असन्तुष्टी जनाएकी छिन् । वुधबार प्रकाशित हुने ‘गज्जब’ साप्ताहिकसँगको कुराकानीमा उनले भनेकी छिन्-‘राजेशजीसँग मैले धेरै चलचित्रमा काम गरेँ । नेपाली चलचित्र जगतमा उहाँको योगदान महत्वपूर्ण छ । तर, उहाँको अलि चिसो व्यवहार र सबै कुरा आफूभित्रै समेट्ने बानी मलाई मन पर्दैनथ्यो । हामीले, अरुसँग काम गर्दा धेरै रिहर्सल गरेपछि मात्र सुट टेक गथ्र्यौ । तर, उहाँसँग धेरैजसो रिहर्सल नै नगरि टेक दिनुपथ्र्यो ।’

उनले, हमालको यो बानीले काम गर्दा गाह्रो पर्ने गरेको पनि स्मरण गरेकी छिन् । उनले, हमालको ढिलो छायांकनस्थलमा पुग्ने बानीको पनि आलोचना गरेकी छिन् । करिश्माले भनेकी छिन्-‘हामी सुटिङ स्पटमा बिहान ६ बजे नै पुग्थ्यौ । तर, उहाँ भने १२-१ बजेतिर मात्र पुग्नुहुन्थ्यो । जुन कुरा मलाई चित्त वुझ्दैनथ्यो ।’

इपिएल : आज पनि दुई खेल हुँदै

काठमाडौं, पुस ८ – एभरेष्ट प्रिमियर लिग क्रिकेटमा शनिबार पनि दुईवटा खेल हुँदैछन् । बिहान ९ बजेपछि सुरु हुने पहिलो खेलमा विराटनग वारियर्स र भैरहवा ...