उपचारपछि दीपक क्षेत्रीले भने, ‘म अझै १० वर्ष बाँच्छु’

क्यान्सरपीडित कलाकार दीपक क्षेत्रीलाई देश विदेशबाट सहयोग रकम जुट्ने क्रम जारी छ । यसैक्रममा अमेरिकामा रहेका नेपाली कलाकारहरुको पहलमा संकलित ४ लाख ७० हजार रुपैँया दिपक क्षेत्रीलाई हस्तान्तरण गरिएको छ ।

निर्देशक सुरेश दर्पण पोख्रेलको सक्रियतामा अमेरिकामा रहेका कलाकर्मीले कुल ९ लाख ७० हजार रुपैँया संकलन गरेका थिए । त्यहिमध्ये ४ लाख ७० हजार रुपैँया आज नायिका करिश्मा मानन्धरको हातबाट हस्तान्तरण गरिएको हो ।

यसअघि गत बैशाख तीन गते पाँच लाख रुपैँया हस्तान्तरण गरिएको थियो । सहयोग रकम हस्तान्तरणका लागि करिश्मा मानन्धर दिपक क्षेत्रीको घरमै पुगेकी थिईन् । यस्तै क्षेत्री समाज बेल्जीयमले पनि कलाकार दीपक क्षेत्रीको उपचारका लागि भन्दै १ लाख १ सय रुपैँया सहयोग हस्तान्तरण गरेको छ ।

Dipak-karishma

बेल्जीयममा रहेका नेपालीहरुद्धारा संकलित उक्त रकम क्षेत्री समाज नेपालका प्रतिनिधिहरुले क्षेत्रीलाई दिएका थिए । दीपक क्षेत्रीले १ सय ५० भन्दा धेरै नेपाली चलचित्रमा काम गरिसकेका छन् । घाँटीको क्यान्सरबाट पीडित उनको स्वास्थ्यमा भने उपचारपछि अहिले केहि सुधार आएको छ । साथै दर्शकहरुको सहयोग र साथले आफ्नो मनोबल बढेको क्षेत्रीले बताएका छन् ।

‘मलाई केहि पनि भएको छैन्, म अझै १० वर्ष बाँच्छु,’ उनले भने– क्यान्सर मेरो मनपर्ने रोग हो । साथै उनले दुई तीन ओटा चलचित्र बनाउने इच्छा भएको उनले बताए । शरिर जस्तै भएपनि मनोबल उच्च भए धेरै वर्ष बाँच्न सकिने क्षेत्रीले बताए । मान्छेको अन्तिम सत्य मृत्यु भएको भन्दै आफु तत्काल नमर्ने र जीवन अनि मरणको फैसला भगवानले गर्ने भन्दै उनी भावनात्मक भएका थिए ।

चलचित्रमा जीवन्त अभिनय गर्ने क्षेत्रीलाई आर्थिक अभावले उपचारमा समस्या भइरहेको छ । उनी एक दशक भन्दा लामो समयदेखि कलाकारीता क्षेत्रमा सक्रिय छन् । उनकी श्रीमति पनि कलाकारीतमै सक्रिय छिन्, उनकी श्रीमतिलाई नक्कली हिसिला यमीको रुपमा दर्शकले चिन्ने गर्छन् । जसको नाम बिपना बस्नेत हो ।

शुल्क घटाउन विद्यार्थी संगठनद्वारा तीन दिनको अल्टिमेटम

५ बैशाख, काठमाडौं । निजी विद्यालयहरुले बढाएको शुल्क तत्काल घटाउन विद्यार्थी संगठनहरुले माग गरेका छन् । विभिन्न विद्यार्थी संगठनहरुले मंगलबार संयुक्त रुपमा शिक्षा मन्त्री धनिराम ...