विमलको ‘फिरिरी’ मा मायाको रन्को

एक दशकअघि सङ्गीत क्षेत्रमा प्रवेश गरेका गायक विमल पराजुलीले दोस्रो गीति एल्बम ‘फिरिरी’ ल्याएका छन् ।

शनिबार सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा संगीत तथा नाट्य प्रज्ञा प्रतिठानका कुलपति सरुभक्तले एल्बम लोकार्पण गरे । एल्बममा ‘तिमी उस्तै रुवाउने’, ‘आयो रन्को’, ‘बैगुनी हुँ भन्दाभन्दै’, ‘हिजोभन्दा आज धेरै’ लगायत गीत समाविष्ट छ । सबै गीतहरु प्रणयका विषयमा छन् ।

गायक पराजुलीकै एकल संगीत रहेको एल्बममा प्रकट पगेनी, विजयराज पौडेल, रमेश सुवेदी, चिरञ्जीवी आचार्य र जय गौडेलको शब्द छन् ।

Firiri-Album-Launch

अनाम मण्डलीले रचनावाचन समूहको सहकार्यमा गरेको कार्यक्रममा गायक पराजुलीले केही गीत गाएर सुनाएका थिए । उनले आगामी एल्माब आउने राष्ट्रिय भावको गीत ‘फल्दैन सुन विदेशमा फर्कौं न अब त’ पनि गाएका थिए । सो क्रममा ‘तिमी उस्तै रुवाउने’ बोलको गीतको म्युजिक भिडियो प्रदर्शन समेत गरिएको थियो । भिडियोको निर्देशन रमेश बाबा नेपालले गरेका हुन् ।

एल्बममा समेटिएका गीत र पराजुलीको गायकीबारे संगीतकार राजु सिंह, हरि लम्साल, साहित्यकार डा. देवी नेपाल, प्रभाती किरण लगायतले टिप्पणी गरेका थिए । पराजुलीले एक दशक अगाडि ‘युग’ नामक पहिलो गीति एल्बम निकालेका थिए ।

बैशाख २१ मा खगेन्द्रको ‘डमरुको डण्डीबियो’ आउँदै

काठमाडौं अभिनेता खगेन्द्र लामिछाने अभिनित चलचित्र आउने भएको छ । निर्माण पक्षले रिलिज डेटसहित चलचित्रको दुई पोष्टर समेत सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा खगेन्द्रलाई ...