रेखाले किन लेखिन्-‘चुनावको परिणाम देखेर रुने र हाँस्नेहरुले राजनीति वुझेनन्’

नायिका रेखा थापा केही समय अगाडि मात्र राप्रपामा प्रवेश गरिन् । राप्रपा पार्टीमा रेखा प्रवेश गरेको केही महिना मै स्थानिय निकायको निर्वाचन भयो । पहिलो चरणको स्थानिय निकायको निर्वाचनको परिणाम आउँदै गर्दा नायिका थापा केही समय अगाडि प्रवेश गरेको राप्रपा पार्टी निकै पछि देखिएको छ । यसपछि, रेखाको नाममा विभिन्न ट्रोल र स्टाटस फेसुबकमा देखिएका थिए ।

rekha-thapa

फेसबुकमा आफू लक्षित स्टाटस आउन थालेपछि रेखाले फेसबुकबाटै यसको जवाफ दिएकी छिन् । उनले लेखेकी छिन्-‘जुन प्रकारले चुनावी परिणाम आएको छ । यसमा कसैले आत्तिनुपर्ने र कसैले मात्तिनुपर्ने स्थिती छ जस्तो विल्कुल लागेको छैन । पछिल्लो राजनीतिक परिवर्तनशिल अवस्था सम्पूर्ण प्रारम्भिक मात्रै हो । हरेक अवस्था अभ्यासको शल्यक्रियामा छानिदैछ ।’उनले चुनावको परिणाम देखेर नाच्नेहरु र रुनेहरुले राजनीति नवुझेको समेत आरोप लगाएकी छिन् । उनले, हार्दा नेपाली हार्ने र जित्दा नेपाली जित्ने भावनाको विकास हुनेदिनको पर्खाइमा आफू जस्तै धेरै नेपाली रहेको समेत स्पष्ट पारेकी छिन् ।

उनले अगाडि लेखेकी छिन्-‘बिम्बात्मक ब्यङ्ग्यबाट सामाजिक संजाललाई कुरुप बनाउने कार्यप्रति मेरो सहमति छैन । सद्भाव रहनेगरि खुशी हुने र लोकतन्त्रको अभ्यासका रुपमा आफूलाई परिस्कृत गर्ने समय हो । मैले एकपल भनेकी थिएँ कि, प्रतिस्पर्धामा जित्ने र सिक्ने काम हुन्छ । हार्ने काम हुँदैन ।’

खाद्य संस्थानका ‘खलनायक’ नै महाप्रबन्धकको दौडमा

‘उनी संस्थानका लागि बोझ हुन्, उनले अवकाश पाएर विदा हुँदा हामी निकै खुशी छौं,’ नेपाल खाद्य संस्थानका तत्कालीन महाप्रबन्धक शिवहरि श्रेष्ठले अवकाश पाएको केही समयपछि ...