सिके लालको भाषणः देउवा, ओली र प्रचण्ड अकबर हुन्, वीरबल खोई ?

राजनीतिक विश्लेषक सिके लाल शुक्रबार अपरान्ह माइतीघर मण्डलामा केही मधेसी युवाका साथमा देखा परे । स्थानीय चुनावको विरोधमा मधेसी युवाद्वारा आयोजना गरिएको विरोध प्रदर्शनमा सहभागी हुन पुगेका विश्लेषक सिकेले आफ्नो साढे ६ मिनेट लामो भाषणमा अकबर र बीरबलको कथा सुनाए ।

विश्लेषक लालले हिन्दीमा भाषण गर्दै शेरबहादुर देउवा, केपी ओली र प्रचण्डलाई बादशाह अकबरसँग तुलना गरे । र, उनीहरुलाई महाराजाको संज्ञा दिए । तथापि मधेसमा बुद्धिमान वीरवल कोही पनि देखा नपरेको उनले गुनासो पोखे ।

स्थानीय चुनावको विरोध गरेर यसको वैधानिकतामाथि प्रश्न उठाउनुपर्ने भन्दै उनले यसको विरोधमा आफ्नो पनि ऐक्यवद्धता रहेको बताए । चुनावको विरोधमा जुटनेहरुको संख्या थोरै भए पनि यसलाई दीपको संज्ञा दिँदै लेखक सिके लालले थोरै संख्या हुँदैमा हतास नहुन युवाहरुलाई आग्रह गरे ।

‘सत्ताधारीले दुई नम्बर प्रदेशको निर्वाचत त स्थगित गरेका छन्, तर मधेसका जुन अरु स्थान छन्, १ नम्बर प्रदेश र ५ नम्बर प्रदेेशमा अहिलेसम्म निर्वाचन स्थगित भएको छैन’ सिके लालले भने,- ‘त्यसैले यसप्रकारको विरोध कार्यक्रमको महत्व बढ्छ । किनकि संविधानको संशोधनविना आधा जनसंख्या रहेको मधेसमा निर्वाचन गराउने जो सत्ताको जुन हठ छ, त्यो अघि बढिरहेको छ । यसको विरोध विभिन्न स्तरमा हुन्छ, हुनुपर्छ ।’

विश्लेषक सिकेले चुनावको विरोधले यसको बैधानिकतामाथि प्रश्न उठ्ने भएकाले विरोध जारी राख्नुपर्ने सुझाव दिए । उनले भने-‘मधेसमा जो राजनीतिक कार्यकर्ताहरु छन्, उनीहरुले विरोध गर्छन्, हामी जो काठमाडौंमा छौं, यहाँबाट पनि आवाज यदि बुलन्द गर्‍यौं भने यो प्रमाण रहने छ कि यो निर्वाचन विरोधका वावजुद पनि गराइयो । तब, यसको बैधानिकता स्थापित हुँदैन । यदि यिनीहरुले निर्वाचन गराए भने पनि यो रेकर्ड हुन्छ, दसी रहन्छ कि यसको व्यापक विरोध भएको थियो, काठमाडौंमा पनि विरोध भएको थियो । राजधानीको हृदयमा पनि विरोध भएको थियो । यो विरोधको महत्व सांकेतिक छ, संकेत धेरै ठूलो हुन्छ ।’

यति भनिसकेपछि सिके लालले वीरबल र अकबरको कथा सुनाए । ‘मानव जाति कहानी सुवाउनेवाला जनावर हो, म पनि तपाईहरुलाई एउटा छोटो कहानी सुनाउँछु’ भन्दै उनले कथा हाले ।

अबकरको आग्रह अनुसार एक व्यक्ति राजभरि चिसो तलाउमा बसेको लोक प्रशंग कोट्याउँदै सिकेलालले उक्त व्यक्तिले महलमा बलेको दीयो हेरेर उर्जा प्राप्त गरेजस्तै काठमाडौंमा हुने सानो प्रदर्शन मधेसका लागि उर्जा बन्न सक्ने उनले बताए ।

‘यहाँ धेरै मानिसहरु हुन जरुरत छैन । अँध्यारोमा तपाई एक दीप जलाउनुहुन्छ भने त्यो काफी हुन्छ’ माइतीघर मण्डामा चुनावको विरोध गर्दै भेला भएका सीमित युवाहरुमा उत्साह भर्दै सिकेले भने- ‘तपाईहरु दीपक हो, जसले सारा मधेस, जनजाति, दलितलाई शान्त्वना मिल्छ, उत्साह मिल्छ । उर्जा मिल्छ । त्यसैले कहिल्यै तपाईहरु नआत्तिनोस् कि हाम्रो संख्या थोरै छ । यहाँ राजधानीमा जुन दीप जल्छ, मधेसमा… यसको उर्जा जरुर पुग्छ ।’

लेखक सिके लालले थपे- ‘म यसमा ऐक्यवद्धता जनाउन चाहन्छु, जो तपाईहरुले राम्रो काम गरिरहनुभएको छ ।’

‘वीरबल कोही पनि देखिएन’

सिके लालले संविधान संशोधनलाई ‘वीरबलको खिचडी’को संज्ञा दिए । उनले भने- ‘संविधान संशोधनको मामला खिचडी पकाउनेजस्तो बनाएर राखिएको छ । तर, वीरबलजस्तो कोही चमत्कारिक व्यक्तित्व मधेसीमा, जनजातिमा अहिलेसम्म देखिइरहेको छैन ।’

सिके लालले तीन दलका शीर्ष नेताहरूलाई अकबरसँग तुलना गर्दै भने- ‘महाराज त छन्, शेरबहादुर देउवाजी, विमलेन्द्र निधीजी हाम्रा मान्छे हुन् तर उनी वीरबल होइनन् ।’

उनले केपी ओलीलाई पनि महाराजको संज्ञा दिए । ‘महाराज केपी ओली हुन्, उनका साथमा रघुवीर महासेठ छन्’ सिकेले अगाडि भने, ‘तर उनी पनि वीरबल होइनन् ।’

त्यसैगरी उनले प्रचण्डलाई अर्का अकबरको संज्ञा दिँदै भने- ‘महाराज हुन् प्रचण्ड, उनका साथमा प्रभु साह छन्, तर उनी पनि वीरबल होइनन् । कहीँ कोही वीरवल देखिइरहेका छैनन् । त्यसैले यो खिचडी पाक्दैन । तर, आत्तिन जरुरत छैन,दियो जलाइराख्नुपर्छ ।’

प्रदेश नम्बर २ मा असोज २ गते चुनाव गर्ने सरकारको निर्णय

सरकारले निर्वाचन आयोगको असहमतिका बीच प्रदेश नम्बर २ को चुनाव सार्दै आगामी असोज २ गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेश ...