गोसाइकुण्डमा मनाङ एयरको हेलिकप्टर दुर्घटना
तीर्थयात्री लिएर प्रसिद्ध तीर्थस्थल गोसाइकुण्ड गएको हेलिकप्टर आज रसुवामा दुर्घटनामा परेको छ । काठमाडौवाट तीर्थयात्री लिएर गोसाइकुण्ड पुगेको मनाङ एयरको हेलिकप्टर गोसाइकुण्ड नजिकै अवतरणका क्रममा दुर्घटनामा परेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । मनाङ एयरको नाइनएन एएलडी कलसाइनको ६ सिटे हेलिकप्टर गोसाइकुण्डमा अवतरणको क्रममा पछाडिको पुच्छर हेलिप्याडमा ठोक्किएर दुर्घटनामा परेको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिनुभयो । चालकसहित सवै यात्रु सकुशल रहेको उहांले वताउनुभयो । गोसाँइकुण्ड गाउँपालिका वडा नं. ५ मा रहेको गोसाइकुण्ड समुन्द्रीसतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको छ । कुण्डको पश्चिमी भेगमा रहेको हेलिप्याडमै भएको दुर्घटनाबाट सो हेलिकप्टरमा सामान्य क्षति पुगेको छ … Continue reading गोसाइकुण्डमा मनाङ एयरको हेलिकप्टर दुर्घटना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed