डम्फिङ साइडमा अम्रिसो

रसुवाको सदरमुकाम धुन्चेको डम्फिङ साइडमा अम्रिसो रोपिएको छ ।  डम्फिङ साइड नयाँ वनिसकेको र धुन्चे प्रवेश गर्ने ठाउँमा फोहोरका कारण दर्गन्धित भएकाले अम्रिसो र पैयुंको नौ सय विरुवा रोपिएको हो ।

amriso

हरित युवा पर्यटन समाज जिवाइटिडिएसद्वारा धुन्चेमा रहेको पुरानो डम्पिङ साइडमा रहेको फोहोरको ब्यवस्थापन गरि विरुवा रोपिएको हो ।९० हजारको लागतमा विरुवा रोप्ने काम गरिएको संथाका अध्यक्ष प्रमोद कुमार तितुङले जानकारी दिनुभयो । विरुवा रोप्नका लागि रसुवा माविका विद्यार्थी समेत सहभागि भएका थिए ।

 

हाम्रो विकास बैंकको खुद नाफा यो बर्ष ६४.६२ प्रतिशतले वृद्धि

१७ माघ, नुवाकोट । नुवाकोटमा मुख्य कार्यालय रहेको हाम्रो विकास बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा यस पटक खुद नाफामा फराकिलो अन्तरले सुधार गरेको ...