विद्युत चुहावट रोक्न रसुवामा एविसी केवल जडान हुँदै

रसुवामा विद्युत चुहावट रोक्नका लागि एविसी केवल जडान गर्ने कार्य सुरु भएको छ ।  नेपाल विद्युत प्राधिकरण रसुवाका अनुसार जिल्लाको कालिका गाउँपालिकाको कालिकास्थान र गोसाइँकुण्ड गाउँपालिकाको धुन्चेमा तीन किलोमिटर एविसी केवल जडान गर्न थालिएको हो ।

abc-cable

जिल्लाको दुई स्थानमा गर्न लागिएको लाइन सुदृढिकरणका लागि करिव २० लाख खर्च हुने कार्यालय प्रमुख सोवित बहादुर क्षेत्रीले वताउँनुभयो । अहिले प्रयोग भैरहेको विद्युतीय पोलमा नाङ्गो तारको प्रयोगको कारण विद्युतीय जोखिम बढेको, विजुली चोरी हुने, विद्युत चुहावट बढेको कारण एविसी केवल जडान गर्न लागिको हो ।

यसअघि सदरमुकाम धुन्चेमा हेलीकप्टर अवतरण गर्ने लाइन जुध्ने समस्याले स्थानीयलाई समस्या पर्ने गरेको थियो ।

केपी ओलीले भने-एमाले बढार्छौं भन्नेलाई देखाउँछौं, कुचो कसको हातमा हुन्छ

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई बढार्ने भन्नेहरुलाई प्रदेश नं. २ मै देखाइदिने बताएका छन् । सोमबार झापाको कनकाई नगरपालिकामा एमालेको प्रतिवद्धता पत्र ...