एमाले नुवाकोटले थाल्यो कारवाही

नेकपा एमाले जिल्ला कमिटि नुवाकोटले स्थानीय तहको निर्वाचनमा पार्टी हित विपरित पार्टीलाई सहयोग गर्नेहरुलाई कारवाही गर्ने भएको छ ।

एमाले सचिवालय कमिटिको आज सम्पन्न वैठकले जिल्लाको १२ वटै स्थानीय तहको सबै वडामा पार्टी हित विपरित निर्वाचनमा असहयोग गर्ने, निष्कृय रहने र अन्य पार्टीलाई सहयोग गरी अरु पर्टीलाई जिताउने संगठित सदस्य तथा वडा कमिटिका सदस्यसम्मलाई कारवाही गर्ने निर्णय गरेको छ ।

CPN UML

वैठकले असार १७ गतेभित्र सबै वडा कमिटि, गाउँ कमिटि र नगर कमिटिलाई कारवाही गर्नुपर्ने कार्यकर्ताको नाम सिफारिस गर्नको लागि निर्देशन दिएको छ । एमाले पार्टी कार्यालय विदुरमा वैठकको निर्णय सार्वजनिक गर्दै एमाले प्रचार विभाग प्रमुख बासुदेव कँडुवालले निर्वाचनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पार्टीलाई मतदान गर्ने, सहयोग गर्ने र पार्टीलाई जिताउन सहयोग गर्ने सबै पक्षलाई धन्यवादसमेत दिने निर्णय भएको बताउनुभयो ।

वडा, गाउँ तथा नगरकमिटिबाट प्राप्त भएका सिफारिस अनुमोदन गर्न गरी जिल्ला कमिटिलाई कारवाहीको लागि प्र्रक्रिया अघि बढाउनको लागि एमाले नुवाकोटका सचिव बुद्धि प्रधानको संयोजकत्वमा पाँच सदस्यीय कमिटि गठन गरेको छ । कमिटिका सदस्यहरुमा बासुदेव कँडुवाल, अर्जुन श्रेष्ठ, श्रीमाया लामा र जितबहादुर घले रहनुभएको छ ।

निर्वाचित गाउँ पालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्षसहितलाई वधाई र धन्यवादसहित वृहत प्रशिक्षण कार्यक्रमसमेत असार २१ गते गर्ने निर्णय गरेको छ । वैठकले एमालेबाट निर्वाचित सबै जनप्रतिनिधिहरुलाई वधाई दिँदै आम नागरिकका काम छिटो छरितो र पारदर्शी रुपमा गरी एमालेको कार्यकाल नमूना काम गरेर देखाउन समेत आग्रह गरेको छ ।

प्रहरीको अनुसन्धानमा मलाई शंका छ: विमल घर्ती मगर

२१ जेठ, नवलपरासी । घरको ढोका खुल्लै छ । धनमाया ढोकाको एउटा पल्ला समाएर एकोहोरो भित्र हेरिरहेकी छिन् । अँध्यारो अनुहार लगाएका मानिसहरु घरभित्र र ...