बर्षायामका लागि सडक डिभिजन कार्यालयले स्काभेटर तयारी अबस्थामा राख्ने

पासाङ ल्हामु राजमार्गमा नियमित सबारी आबतजाबत गराउनको लागी सडक डिभिजन कार्यालयले स्काभेटर तयारी अबस्थामा राख्ने भएको छ ।

संभाबित पहिरो जान सक्ने स्थानहरुमा स्काभेटर तयारी अबस्थामा राखेर पहिरोको संभाबित जोखिम न्युनिकरण गर्ने जनाएको छ । वर्षाको समयमा प्रत्येक वर्ष राजमार्ग अवरुद्ध हुने गरेका कारण यस बर्ष बर्षत हुनु भन्दा अगाडी देखिनै स्काभेटर तयारी गरि राख्ने योजना रहेको सडक डिभिजन प्रमुख रोहित कुमार बिसुरालले बताउनु भयो ।

pasang-lhamu-highway

वर्षाको समयमा सवारी साधन निर्वाध रुपमा आउतजावत गराउँनका लागि सडक डिभिजन कार्यालय जिम्मेवारीबाट पन्छिने गरेको थियो । यसपाली भने कार्यालयले राजमार्गमा नियमित सवारी साधन सञ्चालनका लागि असार १५ गतेबाट स्काभेटर राख्ने जनाएको छ । रसुवाको तल्लो क्षेत्रमा दुई वटा स्काभेटर राख्ने र माथिल्लो क्षेत्रका लागि जलविद्युत आयोजनासँग समन्वय गर्ने डिभिजन प्रमुख विसुरालले बताउनुभयो ।

सडक डिभिजन कार्यालयका अनुसार यो वर्ष राम्चे, कालिकास्थान, ग्राङमा पासिङ जोन वनाउने, सडकलाई चौडा बनाउने काम सकिएको छ । भूकम्पका कारण चिरिएका तथा भासिएका सडकको मर्मत गरिएको छ । त्यसैगरी गोसाइँकुण्ड गाउँपालिकाको सोलेमा सडक ढलान गर्ने काम सम्पन्न गरेको छ ।

डा. केसीलाई ‘वार्ताकार’ले दिए तीन विकल्प, तोड्लान् त अनसन ?

सत्तारुढ दलका नेताहरुले आमरण अनसनरत डा. गोविन्द केसीसामू तीन विकल्प प्रस्तुत गरेका छन् । बालुवाटारको सहमति अनुसार डा. केसीको अनसन नतोडिएपछि माओवादी नेता नारायणकाजी श्रेष्ठ ...