१ दिने उपभोक्ता हित सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

नेपाल सरकार आपुर्ति मन्त्रालय को सहयोग र उपभोक्ता अधिकार अनुसन्धान मन्च को आयोजनामा उत्तरगया ५ मा १ दिने उपभोक्ता हित सम्बन्धि सचेतना कार्यक्रम उपभोक्ता अनुसन्धान मञ्च रसुवा अध्यक्ष सुनिल पौड्यालको  सभापतित्व र उत्तरगया गाउँ पालिका प्रमुख उपेन्द्र लम्शाल को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा उपभोक्ता अधिकार अनुसन्धान मञ्च नेपालका केन्द्रीय अध्यक्ष माधब तिमिल्सिना र सुनिल पौड्याल ले उपभोक्ता अधिकार ,गुणस्तरीय उपभोग्य सामाग्रिको प्रयोग ,एल पि ग्यासको उचित र सुरक्षित प्रयोग ,लगायतको बिषयमा कार्यपत्र पेश गर्नु भएको थियो । साथै कार्यक्रममा उत्तरगया गाउँ पालिका प्रमुख उपेन्द्र लम्शाल ले उपभोक्ता हरु आफै जागरुक हुनु पर्ने र कहि कतै ठगियमा वा उपभोक्ता अधिकार हनन भयमा तत्कालै वडा कार्यालय ,गाउपालिका वा जिल्ला प्रशासन कार्यालयमा उजुरि दिन पनि सुझाब दिनुभयो ।

चीनसंग जोड्ने खुल्यो ट्रयाक

गोरखा, १८ फागुन  तिब्बतको सिमाना जोड्ने लार्के सडकखण्ड निर्माणको जिम्मा पाएको नेपाली सेनाले ११ महिनामा १४ किमि ट्रयाक खोलेको छ । बेनीघाट–लार्के सडकखण्ड अन्तर्गत हावाडाँडाबाट सुरु ...