खगेन्द्रको शैलीः नयाँ फिल्ममा नयाँ पात्रको जन्म

चलचित्र ‘टकलजंग भर्सेस टुल्के’ रिलिज भएपछि कलाकार खगेन्द्र लामिछानेलाई दर्शकले ‘टुल्के’को नामले चिने । मल्टिप्लेक्सका दर्शकमाझ उनको छवि राम्रो बन्यो । बाटोमा हिड्दा होस् या कतै, उनी ‘टुल्के’ नामले नै परिचित भए ।

पहिलो चलचित्रमा नै नयाँ उप-नाम पाएका खगेन्द्रले दोश्रो चलचित्र ‘पशुपति प्रसाद’मा काम गरेपछि फेरि उनको परिचय फेरियो । उनलाई ‘टुल्के’ भनेर चिन्ने दर्शकले ‘पशुपति प्रसाद’ नामले बोलाउन थाले । खगेन्द्रलाई ‘पशुपति प्रसाद’मा काम गर्दा ‘टुल्के’को नाम फेर्नु पर्ने मुख्य चुनौती थियो । जुन केही हदसम्म सफल पनि भयो ।

khagendra-lamichane

अब, उनै खगेन्द्र फेरि नयाँ नाम जन्माउने तयारीमा छन् । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘धनपति’मा उनलाई दर्शकले ‘धनपति’ भनेर चिन्छन् भन्ने विश्वास छ ।

असार २३ गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा खगेन्द्रसँग नायिका सुरक्षा पन्तले पर्दा शेयर गरेकी छिन् । एक सामान्य व्यक्ती र उसको सपनाको कथामा यो चलचित्र बनेको छ ।

सर्वोच्चको आदेशविरुद्ध तरुण र विद्यार्थी सडकमा

२३ बैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीको महाअभियोग अघि नबढाउन सर्वोच्चले दिएको अन्तरिम आदेशको सत्तारुढ दल निकट युवा तथा विद्यार्थी संगठनहरुले विरोध गर्दै सशक्त प्रतिरोधमा ...