अर्घाखाँचीमा कांग्रेस-माओवादी गठबन्धनलाई एमालेको चुनौती

अर्घाखाँचीमा रहेका ६ स्थानीय तह मध्ये सबै तहमा मतगणना सुरु भएको छ । मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार एमालेले कांग्रेस-माओवादी गठबन्धनलाई चुनौती दिने देखिएको छ । अहिलेसम्म प्राप्त परिणाम अनुसार शीतगंगा नगरपालिकामा कांग्रेस-माओवादी गठन र एमालेबीच प्रतिस्पर्धा भइरहेको छ ।

कांग्रेस-माओवादीका मेयरको ३७६ र उपमेयरमा २९५ मत छ । यस्तै एमालेको मेयरमा ३७६ र उपमेयरमा ३९२ मत छ । जनमोर्चाको क्रमश १२७ र ८९ छ ।छत्रदेव गाउँपालिकामा कांग्रेसको अध्यक्ष र उपाध्यक्षमा क्रमशः ३८७ र ४१४ छ भने एमालेको ३४७ र ३१५ मत छ । यहाँ माओवादी केन्द्रको ८२ र १०२ मत छ ।

nirbachan

भुमिकास्थान नगरपालिकामा माओवादी-कांग्रेसका मेयर र उपमेयरमा क्रमशः १२५ र १३२ छ भने एमालेको १२२ र ११९ छ । यहाँ जनमोर्चाको मेयरमा १२७ र उपमेयरमा ८९ मत छ । सन्धिखर्क नगरपालिकामा कांग्रेस-माओवादी गठबन्धनको मेयरमा क्रमशः ४३ र ४२ छ भने एमालेको ४६ र ३९ छ ।

मालारानी गाउँपालिकामा माओवादी-कांग्रेसको अध्यक्ष र उपाध्यक्षमा क्रमश ः १२२ र ११४ छ भने एमालेको १४६ र १४८ छ । पाणिनि गाउँपालिकाको पनि मत गणना सुरु भएको छ ।

२६ हजार थान मतपेटिका वुधवार रसुवागढी नाका हुदै नेपाल भित्रिए

१३ बैशाख, रसुवा । नेपालको चीन प्रवेशका लागि हाल सन्चालनमा रहेको एकमात्र रसुवागढी नाका अस्थायी रुपमा सुचारु भएसंगै स्थानीय तहको निर्वाचनका लागि चीनवाट खरिद गरिएकासवै ...