अवरुद्ध पासाङल्हामु मार्ग सुचारु

देवचन्द्र भट्ट
अविरल वर्षात्का कारण विहीवार अवरुद्ध पासाङल्हामु मार्गको कालिकास्थान– धुन्चे सडकखण्ड अपरान्हदेखि सुचारु भएको छ । सो सडकखण्डको कालिका गाउँपालिका–१ ग्राङमा पहिरोसँगै ठुलो ढुङ्गा खसेपछि सडक अवरुद्ध भएको थियोे ।

Pasang-Lhamu-Highway1

सडकका कर्मचारी, स्थानीयवासी तथा प्रहरीले पहिरो पन्छाएर सडकमार्ग सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षक फणिन्द्र प्रसाईँले जानकारी दिनुभयो । एक घण्टासम्म वाटो अवरुद्ध हुदा ग्राङमा यातायातका साधन रोकिन पुगेका थिए ।

३० स्थानको नतिजा: एमाले पहिलो, कांग्रेस दोस्रो

पहिलो चरणको स्थानीय निर्वाचनको अन्तिम परिणाम धमाधम आइरहेको छ । ३० स्थानीय तहको अहिलेसम्मको नतिजा हेर्दा नेकपा एमालेले पहिलो र नेपाली कांग्रेसले दोस्रो स्थान हासिल गरेका ...