जिल्ला समन्वय समिति एकलौटि बनाउने एमालेको तयारी

स्थानीय तहको निर्वाचनको परिणामअनुसार बहुमत सदस्य जितेकोले रसुवाको स्थानीय तहको जिल्ला समन्वय समिति नेकपा एमालेले एकलौटि बनाउने तयारी गरिरहेको छ । नेकपा एमालले रसुवाले स्थानीय तह निर्वाचनमा बहुमत प्राप्त गरेपछि जिल्ला समन्वय समितिको संयोजकमा कुलप्रसाद भट्टलाई उम्मेदवार बनाउने आन्तरिक सहमति भइसकेको एमालेका एक नेताले बताए ।

रसुवा जिल्लाको दक्षिणी भेगको पारच्याङ क्षेत्रको फाम्चेतनिवासी भट्ट जिल्लाको जनप्रिय, लोकप्रिय परिचित नेता हुनुहुन्छ । जिल्लावासीले उहाँलाई इमानदार नेताको रूपमा भट्टदाइको उपनामले चिन्छन् । भट्टले विगतमा एमालेको जिल्ला अध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्हालिसक्नुभएको छ ।

cpnuml_election_symbol

रसुवाको ५ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मात्र जिल्ला समन्वय समितिका मतदाता हुने भएकाले १० जना मात्र जिल्ला समन्वय समितिका लागि मतदाता रहेका छन् । एमालेले गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, उत्तरगया गाउँपालिकामा उपाध्यक्ष, कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नौकुण्ड गाउँपालिकामा उपाध्यक्ष र पार्वतीकुण्ड गाउँपालिकाको उपाध्यक्ष जितेको छ । १० वटा मतदाता रहेको रसुवामा एमालेको ७ मतदाता रहेकोले एमालेको जिल्ला समन्वय समिति बनाउन सहज हुने बहुमत प्राप्त गरेको छ ।

दसैंका लागि सोमबारदेखि गाडी सञ्चालन

२४ असोज- ढिलै भए पनि दसैं मान्‍न घर जाने यात्रुले सोमबारदेखि सवारीसाधन चढ्न पाउने भएका छन्। सरकार, यातायात व्यवसायी तथा नेपाल आयल निगम एनओसीले सोमबारदेखि ...