दुप्चेश्वर खुल्ला दिशामुक्त गाउँपालिका घोषणा

नुवाकोटको दुप्चेश्वर गाँउपालीकालाई आज शुक्रवार खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख केशरबहादुर पण्डितले शुक्रवार दुप्चेश्वर गाँउपालीकालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्नु भएको हो । स्थानीय तहको पुनःसंरचना भए पछि पहिलो पटक नुवाकोटमा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएको हो ।

पुनःसंरचना हुनु भन्दा पहिला साबिकका १४ वटा गाँउ बिकास समितिमा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएको थियो । सन् २०१७ भित्र नुवाकोट जिल्लालाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा गर्ने अभियान रहेको छ । खाने पानी तथा सरसफार्य डिभिजन कार्यालय नुवाकोटको अग्रतामा जिल्लामा रहेका बिभिन्न अन्तराष्टिय तथा राष्टिय गैर सरकारी संस्थाहरुले खुल्ला दिशा मुक्त क्षेत्र घोषणको लागी पहल गरि रहेका छन् । दुप्चेश्वर गाँउपालीकालार्य खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्नु हुँदै नुवाकोटका जिल्ला समन्वय अधिकारी पण्डितले नुवाकोटको ग्रामिण भेगमा रहेर पनी राज्यको अभियानलार्य समयमा नै सम्पन्न गरेको बताउनु भयो ।

शिक्षा, स्वास्थ्य, खानेपानी तथा पुर्बाधार बिकासमा समेत पछाडी रहेको नुवाकोटको ग्रामिण गाबिसहरु मिेर बनेको दुप्चेश्वर गाँउपालीकाका नागरिकह्रुकै शक्रियतामा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएको बताउनु भयो । यस्तै, कार्यक्रममा दुप्चेश्वर गाँउपालीकाका अध्यक्ष योबिन्द्रसि तामाले दुप्चेश्वर गाँउपालीकालार्य नुवाकोटको नमुना बनाउने बताउनु भएको छ ।

राम्रो कामको सुरुवात भैसकेकाले अन्य गाँउ पालीकाको तुलनामा दुप्चेश्वर गाँउपालीकालाई नमुनाको गाँउपालीकाको रुपमा स्थापीत गर्ने बताउनु भयो । हराभरा, स्वच्छ बातावरण, पर्यटकहरुको गन्तब्यको रुपमा परिचित हुदै गएको दुप्चेश्वर गाँउपालिकालाई आगामि ५ बर्ष भित्र नमुना बनाउने घोषणा गर्नु भएको छ ।

प्रकाश दाहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पेरिसडाँडामा राखिने

काठमाडौं ३ मंसिर,दिवंगत प्रकाश दहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालयमा राखिने भएको छ । प्रचण्ड पुत्र दाहालको आइतबार विहान असामहिक निधन भएको ...