झण्डै ३४ घण्टापछि नारायणगढ-मुग्लिन सडक खुल्यो

नारायणगढ-मुग्लिन सडकखण्ड झण्डै ३४ घण्टापछि खुलेको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने कालिखोलामा पहिरो खसेपछि शुक्रबार बिहान ८ बजेदेखि बाटो अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि शनिबार साँझ साढे ६ बजेबाट बाटो खुलेको चितवन प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान ८ बजे खसेको पहिरो हटाउन नपाउँदै पुनः मध्याह्न सवा १२ वजे ठूलो पहिरो खसेपछि बाटो खुलाउन समस्या भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तका अनुसार अवरुद्ध सडक खुलाउन ५ वटा एक्जाभेटर र लोडर प्रयोग गरिएको थियो ।

narayangad-muglin-pahiro

बाटो अवरुद्ध भएपछि बिचबाटोमै अलपत्र परेका सवारी साधन र त्यसमा सवार यात्रुहरु गन्तव्यमा लागेका छन् । कतिपय गाडीहरु हेटौंडाको बाटो हुँदै आवत-जावत गरे पनि गाडीको चापले सो सडकमा पनि घण्टौं जाम हुने गरेको छ । काठमाडौंबाट पश्चिम तर्फ जाने कतिपय गाडीहरु मुग्लिन, पोखरा, स्याङ्जा, पाल्पा हुँदै बुटवल निस्किएर जाने गर्दछन् ।

नारायणगढ-मुग्लिन सडकखण्ड बिस्तारको काम भइरहेकाले पहिरोले पटक-पटक अवरुद्ध हुँदै आएको छ ।

सुन तस्कर गर्ने पक्राउ

रसुवा भदौ १६, १४ किलो सुनसहित प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले सात जनालाई पक्राउ गरेको छ । चीनबाट रसुवाको केरुङ तथा सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै ...