सशस्त्र प्रहरीको भूमिकामा शिल्पा, बन्ने भयो ‘विराङ्गना’

नायिका शिल्पा पोख्रेललाई शसस्त्र प्रहरीको भूमिकामा देख्न पाइने भएको छ । आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्र ‘विरङ्गना’को घोषणा भयो, जसमा शिल्पा शसस्त्र प्रहरीको भूमिकामा देखिदैछिन् । फोर्थ आइ मुभिजले निर्माण गर्न लागेको यो चलचित्रमा नयाँदेखि पुराना कलाकारलाई दर्शकले पर्दामा हेर्न पाउनेछन् ।

माओवादी केन्द्रका नेता टोपबहादुर  रायमाझी कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित थिए । नेपालको सिमा क्षेत्रमा हुने गरेको अवैधानिक गतिविधी तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्नका लागि नेपाली नारीहरुले देखाउने विरताको कथामा यो चलचित्र बन्नेछ ।

shilpa-in-birangana

चलचित्रमा शिल्पाको अलवा अनुप विक्रम शाही, पृथ्वी राज प्रसाई, धिरेन शाक्य, सुनिल दत्त पाण्डे, शुशिल पोखरेल, प्रिया रिजाल, सपना श्रेष्ठ, मार्टिन वली, किशोर झा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रको निर्देशन राज बहादुर सानेले गर्दैछन् ।

चलचित्रमा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियारको लगानी रहनेछ । निर्देशक राज बहादुर सानेले नै लेखेको फिल्मलाई हरि घले लामाले खिच्नेछन् । चलचित्रमा दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, श्री श्रेष्ठको एक्शन, कबिराज गहतराजको कोरियोग्राफि रहनेछ । चलचित्रका कार्यकारी निर्माता किशोर झा हुन् ।

सातवटै प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय वा प्रदेश स्वास्थ्य विभाग राख्नुपर्ने नयाँ प्रस्ताव

सातवटै प्रदेशमा संघीय स्वास्थ्य कार्यालय र ७७ वटै जिल्लामा संघीय स्वास्थ्य इकाई खोल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावलाई सामान्य प्रशासन मन्त्रालयले खारेज गरिदिएपछि पुन नयाँ ...