यात्रुले सास्ती खेप्दा डिभिजन सडक कार्यालयलाई छैन वास्ता

नेपाल–चीन–भारतलाई जोड्ने छोटो दुरीको सडक विस्तारको काम प्रभावकारी हुन नसक्दा यात्रुहरुले सास्ती खेप्न बाध्य भएका छन् । नुवाकोटमा हाल नुवाकोट र रसुवालाई राजधानी काठमाडौंसम्म जोड्ने र त्रिदेशीय मार्गसमेत गरि नुवाकोटका तीन वटै सडक एक साथ सुधारको काम भइरहेकोे छ ।

सडक सुधारका क्रममा ठेकेदारको लापरवाहीको कारण तीन वटै सडकको यात्रा जोखिमपूर्ण बन्दै गएको यात्रुहरुको गुनासो रहेको छ । पासाङल्हामु मार्गको बेलकोटदेखि रानीपौवासम्मको सडक पूरै हिलाम्मे भएका कारण गाडीहरु घण्टौसम्म एकै ठाउँमा फसेर बस्ने गरेको यात्रु वासुदेव कडुवालले वताउनुभयो ।

tokha-chhahare-road

वर्षात्को समयमा माथिबाट ठाउँठाउँमा पहिरोसमेत गइरहेकाले कतिखेर पहिरो खस्ने हो भनेर चिन्ता गर्नुपर्ने अवस्था आएको बेलकोटगढी नगरपालिका वडा नं. १० का केशव कँडेलले बताउनुभयो । उहाँले सडक जोखिमपूर्ण बनेपछि काठमाडौंदेखि त्रिशूलीसम्मको यात्रा गर्न दिनभरको समय लाग्ने गरेको गुनासो गर्नुभयो ।

उता त्रिदेशीय मार्गका रुपमा रहेको गल्छी–देवीघाट–स्याप्रुवेशी सडकमार्गको देवीघाट– गल्छी सडक पनि सुधार भइरहेको छ । सडक सुधारको लागि सञ्चालनमा आएका उपकरणहरुले दिनको समयमा काम गर्दा यो सडक पनि घण्टौसम्म जाममा बस्नुपर्ने बाध्यता रहेको र एकैपटक ६ घण्टासम्म जाममा वस्नु परेको यात्रु सुमिन्द्रा रानाले गुनासो गरिन् ।

tokha-chhahare-road1

धादिङको नौविसेदेखि काठमाडौं कलंकीसम्म हुने जामका कारण यो सडकको यात्रा गर्दा पनि दिनभर लाग्ने गरेको गुनासो यात्रुहरुको रहेको छ । उता, छोटो दुरीको रुपमा चिनिने टहरे टोखा सडक पनि हिलाम्मे भएको छ । हिलोका कारण यो सडकमा पनि सवारी साधनहरु घण्टौसम्म अड्किएर बस्ने गरेको छ । हिउँदको समयमा एक घण्टामा टोखादेखि छहरेसम्म पुग्न सकिने यो सडकमा अहिले कम्तिमा तीन घण्टा लाग्ने गरेको स्थानीय हरिराम भेटवालले बताउनुभयो ।

काठमाडौंको टोखादेखि झोर, जगातसम्म दिनहुँ हिलोमा गाडी फस्ने गरेकाले दिनभरको समय गाडी निकाल्दैमा खर्च हुने गरेको यात्रुहरुको गुनासो रहेको छ । विदुर नगरपालिकाको गंगटेहुँदै थानसिंको छहरेसम्म पनि सडक मर्मतको काम भइरहेकाले हिलाम्मे भएको लिखुका स्थानीय क्षितिज थापामगरले बताउनुभयो ।

कांग्रेस नेता रमेश लेखक २५८ मतान्तरले पराजित

कञ्चनपुर २६ मंसिर,कञ्चनपुर क्षेत्रनम्बर ३ मा कांग्रेस नेता रमेश लेखकलाई २५८ मतले पछि पार्दै एमाले उम्मेदवार डा.दीपक प्रकाश भट्ट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ...