चुनाव प्रचारमा हिँडेकी महिलाको कंकाल भेटियो

इलाम नगरपालिका–१२ दोकान टोलका धनबहादुर बोहराको अम्लिसो बारीमा रूखमा झुन्डिएको अवस्थामा उनको कंकाल फेला परेको प्रहरीले जनाएको छ । मृतकको खोजीका लागि बाबु लाखबहादुर फागोले असार १० गते जिल्ला प्रहरी कार्यालय इलाममा निवेदन दिएका थिए । घाँस काट्न जानेले कंकाल भेटेपछि इलाका प्रहरी कार्यालय मङ्गलबारेमा खबर गरेको प्रहरी निरीक्षक अम्बरबहादुर निरौलाले बताए ।

Ilam

मृतकले लगाएको कपडा र चप्पलबाट उनको पहिचान भएको समेत निरौलाले बताए । उनको हत्या भएको हो या आत्महत्या भएको हो भन्ने बिषयमा छानबिन भइरहेको प्रहरी निरीक्षक निरौलाले बताए । कंकाललाई डिएनए परीक्षणका लागि जिल्ला प्रहरी कार्यालय इलाममा ल्याइएको छ । रासस