‘डर’ को शाहरुख खान जस्तो ‘सायद २’मा अमृत ढुङ्गानाको भुमिकाः प्रदीप खड्का

चलचित्र ‘प्रेमगीत २’ को युनिट आज चलचित्र ‘सायद २’ को बिशेष शो मा सहभागी भएको छ । चलचित्र ‘प्रेमगीत २’ का निर्देशक, निर्माता, नायक नायिका सहितको युनिटले चलचित्र ‘सायद २’ हेरेको हो ।

चलचित्र हेरिसकेपछि नायक प्रदीप खड्काले चलचित्रको खुलेरै प्रशंसा गरेका छन् । चलचित्र निकै राम्रो बनेको बताउँदै नायक खड्काले ‘सायद २’ का मुख्य कलाकारमध्येका एक अमृत ढुङ्गानाले चलचित्रको एक सीनमा बलिउड चलचित्र ‘डर’ का नायक शाहरुख खानको झल्को दिएको समेत भन्न भ्याए । यस्तै नायक प्रदीपले कहानीको ट्वीस्टलाई अत्यन्तै मन पराएका छन् । यस्तै ‘प्रेमगीत २’ का निर्माता सन्तोष सेनले पनि चलचित्र उत्कृष्ठ बताउँदै ‘सायद २’ बाट डेब्यु गरेका कलाकार अमृत ढुङ्गानाको खुलेरै तारिफ गरे । चलचित्र हेरिसकेपछि धेरै दर्शक तथा चलचित्रकर्मीहरुले चलचित्रलाई राम्रो प्रतिक्रिया दिएका छन् ।

अधिकांश दर्शकहरुले चलचित्रको कथाबस्तुलाई मन पराएका छन् भने कतिले चलचित्रका बिभिन्न पात्रहरुको अभिनयलाई मन पराएको प्रतिक्रिया दिएका थिए । चलचित्र हेरेपछि दर्शकहरुको मुखमा ‘मायालुको छोरा’ भन्ने डाईलग झुण्डिएको थियो ।

कतिओटा हलमा ?
चलचित्र ‘सायद २’ हिजोबाट देशभरका हलहरुमा प्रदर्शन भईरहेको छ । हिजो ७२ वटा हलहरुमा लागेको चलचित्र आज पनि उत्तिनै हलहरुमा लागेको चलचित्रका निर्माता सुनिल रावलले बताएका छन् । दर्शकहरुको उत्साहप्रद उपस्थितीले आफुहरु एकदमै खुसी भएको बताउँदै निर्माता रावलले चलचित्रले अत्यन्तै राम्रो ब्यापार गरेको समेत बताए । विदेशका कार्यक्रमको कारणले नायिका भने अनुपस्थित भएको शो मा बिभिन्न चलचित्रकर्मी, संचारकर्मी तथा अन्य दर्शकहरुको सहभागिता रहेको थियो ।

चलचित्रमा शुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डे, सुनील रावल, शुशिल सिटौला लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । ‘सायद २’ मार्फत स्यारोन र अमृत ढुङ्गानाले चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन् ।

व्यापार घाटा ९ खर्ब नाघ्यो, एक वर्षमा ७ खर्ब रेमिट्यान्स

गत आर्थिक वर्ष २०७३/७४ मा नेपालबाट ७३ अर्ब रुपैयाँ बराबरको सामान विदेश निकासा हुँदा देशमा ९ खर्ब ९० अर्ब रुपैयाँ बराबरको सामान भित्रिएको छ । ...