नाम त परिवर्तन भयो, अब काममा पनि सुधार आउला त ?

घरेलु तथा साना उद्योग विकास समिति विदुरको नाम अब परिवर्तन भएको छ । स्थानीय तहमा सबै कार्यालयहरु रहने व्यवस्था अनुसार अब घरेलु तथा साना उद्योग विकास समिति विदुर नगरपालिका उद्योग विकास शाखाको रुपमा रहने भएको हो ।

आज विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितले उद्योग विकास शाखाको औपचारिक उद्घाटन गर्नु भएको छ । पहिले घरेलु तथा साना उद्यो विकास समितिको मुख्या शाखा कार्यालय रहेको भवनकै रहेर शाखाले पहिले जस्तै काम गर्ने शाखा प्रमुख विजय भट्टराई जानकारी दिनुभयो ।

सरकारले चालु आर्थिक वर्षदेखि सबै कार्यालयलाई स्थानीय तहमा समायोजन गर्ने भने पनि सबै गाउँपालिका र नगरपालिकामा एकैचोटी कार्यालय स्थापना गर्न नसकिएकोले सदरमुकाम रहेको नगर वा गाउँपालिका मातहतमा रहेर जिल्लाभर सेवा प्रवाह गर्ने र क्रमश सदरमुकाम बाहिरका नगर तथा गाउँपालिकामा कार्यालय स्थापनाको प्रक्रिया पनि थालनी गर्ने योजना बनाएको छ ।

कार्यक्रममा विदुर नगरपालिकाको प्रमुख सन्जु पण्डितले घरेलुको कामहरु पारदर्शी रुपमा सञ्चालन गर्न र प्रभावकारी बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा उपप्रमसख गीता दाहालको पनि सहभागिता रहेको थियो ।

भैरहवामा बम विस्फोट

८ असोज- रुपन्देहीको भैरहवामा अज्ञात समूहले बम विस्फोट गराएको छ । जिल्लाको हाटीबनगाई ५ दुर्गानगर टोलस्थित खुल्ला स्थानमा बम विस्फोट भएको प्रहरीले जनाएको छ । ...