कर्मचारी अभावले रसुवाका स्थानीय तहमा समस्या

रसुवाको पाँच वटा स्थानीय तहमा शिक्षाका कर्मचारी खटाउन समस्या भएको छ । आवश्यक कर्मचारीकोे अभावले स्थानीय तहमा कर्मचारी खटाउन नसकिएको हो । पाँच वटा गाउँपालिका रहेको जिल्लामा तीन वटा गाउँपालिकामा कर्मचारी अपुग हुने जिल्ला शिक्षा अधिकारी शुकदेव सापकोटाले जानकारी दिनुभयो ।

जिल्ला शिक्षा कार्यालयमा अहिले दुई जना उपसचिव, दुई जना विद्यालय निरिक्षक र एक जना सुव्बा मात्र रहेको छन् ।

सापकोटाले भन्नुभयो ‘जिल्लामा रहेको पाँच वटा गाउँपालिकामा पाँच जना विद्यालय निरिक्षक पठाउनु पर्छ तर जिल्लामा दुई जना मात्र भएकाले स्थानीय तहमा कर्मचारी कसरी पठाउने भन्नेमा समस्या आएको छ ।’

गाउँपालिकामा विद्यालय निरिक्षकको साथमा प्राविधिक सहायक पनि पठाउनुपर्ने भएपनि जिल्लामा एक जना पनि प्राविधिक सहायक नभएको कार्यालयले जनाएको छ । नयाँ संरचना अनुसार जिल्लामा जिल्ला शिक्षा कार्यालय नहुने र स्थानीय तहमा शिक्षा शाखाको रुपमा रहने छ ।

राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने राप्रपाको घोषणापत्र (४० बुँदे संकल्पसहित)

२१ कात्तिक, काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने संकल्पसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । ललितपुरस्थित हिमालय होटलमा एक ...