निशानलाई नेपाल आईडल बनाउन बाबुले बेचे लैनो गाई

एपीवान टेलिभिजनबाट प्रसारण हुने नेपाल आईडलका प्रतिस्पर्धी निशान भट्टराईको ‘भोटिङ’ प्रचारका लागि उनका बुवाले घरको लैनो गाई समेत विक्री गरेका छन् । उर्लाबारी नगरपालिका-७ का २१ वर्षीय निशानका बुवा नित्यानन्दले छोराको प्रचारका लागि दुई साता अघि मात्रै ब्याएको लैनो गाई ६० हजारमा विक्री गरेका हुन् । उनलेे त्यही पैसा खर्च गरेर छोरालाई नेपाल आइडल बनाउन प्रचार गरिरहेका छन् । निशान अहिले प्रतियोगिताको टप टेनमा पुगेका छन् । सामान्य परिवारमा जन्मिएका निशान स्कुलमा भर्ना भएदेखि नै गीतसंगीतप्रतिको लगाव राख्ने गरेपछि उनको प्रतिभाको सम्मान गर्दै भृकुटी मोडल स्कुलले संगीत कक्षा नै चलाउन सुरु गरेको थियो । निशानका संगीत शिक्षक विशाल राईका अनुसार … Continue reading निशानलाई नेपाल आईडल बनाउन बाबुले बेचे लैनो गाई