माईक्रोफाईनान्सका कर्मचारी लुटिए

किस्पाङ गाउँपालिका–५ मनकामनामा सदस्यसँग पैसा उठाएर फर्कँदै गरेका एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लि वेत्रावती रसुवाका कर्मचारी हिजो लुटिएका छन् । मानेगाँउमा सोमबार अपराह्न सदस्यसँग ऋण उठाएर फर्कँदै गरेका संस्थाका कर्मचारी विदुर नगरपालिका–५ देवीघाटकी संगीता नेपाल र पनौती नगरपालिका–१२ काभ्रेपलाञ्चोकका प्रदीप केसीसँग भएको एक लाख रुपैया लुटिएको नुवाकोट प्रहरीले जनाएको छ ।

nmb-microfinanance

सदस्यबाट रकम उठाएर संस्थाको कार्यालय वेत्रावतीतर्फ पैदल फर्कँदै गरेका बेला तीन जनाको समूहमा आएका व्यक्तिले आक्रमण गरी रकम लुटेर फरार भएको पीडितले प्रहरीसमक्ष बताएका छन् । लुटेराले केसीलाई काठको लौराले टाउकामा हानी लडाएको र नेपाल आत्तिएर भाग्न थालेपछि रकम लुटेर फरार भएको पाइएकाले संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । लुटेराको अक्रमणबाट केसीको टाउकामो चोट लागेको छ ।

प्रचण्डले सपना देखेको हुनसक्छ, पार्टी एकता सम्भव छैनः बाबुराम

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पार्टी एकताबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कुनै सम्वाद नभएको बताएका छन् । माओवादीसँग तत्काल पार्टी एकताको कुनै ...