नुवाकोटमा मतदाता नामावलीको लागि फोटो खिचाउनकोे घुइचो

जिल्ला निर्वाचन कार्यलय नुवाकोटमा फोटो सहितको मतदाता नामावलीको लागि फोटो खिचाउने घुइचो लाग्न थालेको छ । हिजोदेखि शुरु भएको फोटो सहितको मतदाता नामावली संकलनको लागि मानिसहरु आइरहेको कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नामावली संकलन तथा अद्यावधिक कार्य हिजोबाट सुरु गरेको हो । आयोगका अनुसार साउन १५ गतेसम्म नाम दर्ता तथा अद्यावधिक गर्न सकिनेछ । आयोगले मतदाता नामावलीमा यसअघि नाम समावेश नभएका व्यक्तिलाई नागरिकताको प्रमाणपत्र लिई निर्वाचन कार्यालयमा आउन आग्रह गरेको छ।

यसअघि जहाँ सुकैको निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भएपनि यसपटक सम्बन्धित जिल्लामै पुगेर दर्ता गर्नुपर्ने व्यवस्था गरेको जिल्ला निर्वाचन कायालयका प्रमुख जनार्दन अधिकारीले बताउनुभयो । आयोगबाट यसअघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा त्रुटि भएका व्यक्तिले पनि गल्ती सच्याउन सक्नेछन् । तर, स्थानीय तहको निर्वाचनका लागि प्रकाशित मतदाता नामावलीमा नाम भएकाहरुले भने पुनः नाम लेखाउनु पर्दैन ।

आयोगले यस्तो व्यवस्था गरेपछि मतदाता नामावली दर्ता झन्झटिलो भएको भन्दै नुवाकोटका राजनीतिक दलका नेताहरुले स्थानीय तहमै नाम दर्ता गराउन आग्रह गरेका छन् । राजनीतिक दलहरू १५ दिनको अवधि बढाएर १ महिना गर्न र बसेकै स्थानबाट दर्ता गर्न सकिने व्यवस्था गर्नसमेत माग गरेका छन् ।

चिकित्सा शिक्षा विधेयक पेश गर्न नदिने एमाले र माओवादीको अडान

चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउन सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ । उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले बुधबार मात्र अनसनरत डा. गोविन्द केसीको माग ...