सबैले रसुवालीले पाउने भए मैलुङखोलाको शेयर

रसुवाको मैलुङखोला जलविद्युत कम्पनीको शेयर सबै रसुवालीले पाउने भएका छन् । मैलुङखोला जलविद्युत कम्पनीले चिठ्ठा प्रणालीमा शेयर बाँडफाँड गरेको भन्दै रसुवाबासीले तिव्र विरोध गरेपछिस्थगित भएको शेयर बाँडफाँडको विषयमा आज काठमाडौंमा भएको छलफलपछि कम्पनीले शेयरको लागि आवेदन दिने सबैलाई कम्तीमा १० कित्ताको दरले शेयर उपलब्ध गराउने भएको हो ।

छलफलमा रसुवाका सांसद जनार्दन ढकाल, रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने, रसुवा एमाले अध्यक्ष कर्णेल लामा, कांग्रेस सभापति पेम्वा छिरिङ तामाङ, माओवादीका इन्द्र गौतम, नया शक्तिका प्रेम तामाङ, र कम्पनीका अध्यक्ष डा. विरेन्द्र महतो सहभागी हुनु भएको थियो ।

कम्पनीले अति प्रभावित क्षेत्र र जिल्लाबासीका लागि ३ लाख ६८ हजार १ सय ४४ कित्ता प्राथामिक शेयर जारी गरेको थियो । गएको जेठ १७ गतेबाट जेठ ३१ गतेसम्म आवेदन माग गरिएकोमा रसुवाका ३३ हजार भन्दा बढिले शेयर भरेका थिए ।

चिठा प्रणालीबाट शेयर वितरण गर्दा २२ हजारले मात्र शेयर पाएका थिए । रसुवाका सरोकारवालाहरुले सबैलाई न्यूनतम शेयर दिनु पर्छ भन्ने अडान राखेपछि कम्पनीले संस्थापक शेयरबाट शेयर आवेदन दिएका तर नपरेको ११ हजारलाई कम्तिमा १० कित्ता नघट्ने गरि दिने भएको रसुवाका सांसद जनार्दन ढकालले बताउनुभयो । ‘पहिलो शेयर पाइसकेकाहरुको शेयर कायमै रहने गरि नपरेकाहरुलाई संस्थापक शेयरबाट दिने सहमति भयो’ सांसद ढकालले भन्नुभयो ‘पहिले नै सबैलाई १० कित्ता दिएको भए पुग्ने थियो । तर, कम्पनीले दिने भनेर ‘पहिले नै सबैलाई १० कित्ता दिएको भए पुग्ने थियो । तर, कम्पनीले दिने भनेर चिठा प्रणालीबाट घोषणा गरिसकेकोले उनीहरुको शेयरलाई हरण गर्न नमिल्ने भएकोले उनीहरुले पाएको शेयर कायम राख्दै नपरेका शेयर दिने सहमति भएको हो ।’