युवती बेच्न लैजादैँ गर्दा ४ युवक पक्राउ

जदुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीकी एक महिलालाई काम लगाइदिन्छु भनेर विक्रि गर्न लैजादै गर्दा प्रहरीले चार जना युवकलाई पक्राउ गरि मुद्धा दायर गरेको छ ।

घ्याङफेदीकी २४ वर्षिया महिलालाई काठमाडौमा काममा लगाइदिन्छु भन्दै विक्रि गर्न लैजादै गर्दा घ्याङफेदीका २२ वर्षिय कुमार तामाङ, सोही स्थानका २५ वर्षिय अर्जुन तामाङ, २६ वर्षिय राजु तामाङ र झापा महाभाराका २१ वर्षिय इन्द्रलाल राजवंशी रहेको जिल्ल प्रहरी प्रमुख प्रहरी उपरिक्षक देववहादुर वोहराले जानकारी दिनुभयो । आरोपीहरुलाई हिजो खरानीटारबाट पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई आज मानव वेचविखन तथा ओसारपसार ऐन अन्र्तगत नुवाकोट जिल्ला अदालतमा मुद्धा दायर गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

कमल थापा मकवानपुर क्षेत्र नं १ बाट प्रतिनिधि सभाको लागि प्रत्यक्ष चुनाव लड्ने

रसुवा कार्तिक ६, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुर क्षेत्र नं १ बाट प्रतिनिधि सभाको लागि प्रत्यक्ष चुनाव लड्ने भएका छन । राष्ट्रिय प्रजातन्त्र ...