युवाको कुटपिट गरी हत्या

दुप्चेश्वर गाउँपालिकाका एक युवाको कुटपिट गरी हत्या भएको छ । हत्यामा संलग्नलाई पक्राउ गरेको छ ।

दुप्चेश्वर गाउंपालिका वडा नं. ५ समुन्द्रटार कामचोकमा कुटपिटवाट स्थानीय ३२ वर्षिय कुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

कुटपिटमा संलग्न छिमेकी ४४ वर्षिय दीपक तामाङलाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक जीतेन्द्रकुमार वस्नेतले जानकारी दिनुभयो ।
मंगलवार दीपक र कुमारवीच घरायसी विषयमा विवाद हुंदा दीपकले कुमारलाई कुटपिट गरेका थिए । सोही कुटाईको कारण कुमारको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न दीपक तामाङलाई इलाका प्रहरी कार्यालय खरानीटारवाट प्रहरी निरीक्षक कृष्णवहादुर विष्टको टोली घटनास्थल पुगेर पक्राउ गरेको हो ।

केरुङलाई काठमाडौंसम्म जोडने

११ मंसिर-  सरकारी उच्च अधिकारीहरुको एक टोलीले आज रसुवागढीनाकाको अवलोकन गरेका छन् । उपप्रधानमन्त्री विजयकुमार गच्छदार र अर्थमन्त्री विष्णु पौडेलसहितको सरकारी टोलीले रसुवागढी र सडक ...