प्रेमगीत २ : यस्तो छ दोस्रो दिने व्यापार

‘प्रेम गीत -२’ ले निकै आक्रमक कारोबार गरेको छ । पहिलो दिन देशभरिका ८० पर्दाबाट १ करोड १३ लाख ५६ हजार ४ सय ४५ रुपैयाँ कारोबार गरेको फिल्मले दोश्रो दिन १ करोड ४० लाख २५ हजार ६ सय ८७ रुपैयाँ कलेक्सन गर्दै कूल २ करोड ५३ लाख ८२ हजार १ सय ३२ रुपैयाँ ग्रस कारोबार गरेको छ ।

शनिबार फिल्मले मोफसल तर्फ ६४ लाख ११ हजार २ सय १५ रुपैयाँ र राजधानी टेरिटोरीबाट ७६ लाख १४ हजार ४ सय ७२ रुपैयाँ कलेक्सन गर्न सफल भयो । राजधानीको हिसाव हेर्ने हो भने सर्वाधिक कलेक्सन क्यू.एफ.एक्स च्यानल, दोश्रोमा गोपीकृष्ण मुभिज र तेश्रोमा अष्टनारायण पिक्चर्स रहेका छन् । तर अष्ट र गोपीमा फिल्मले करिब ८/८ लाखको हाराहारिमा   कारोबार गर्दा यी दुई हल बीचको ब्यापार अन्तर ६० हजार तल माथि मात्र छ ।

चर्चित फिल्मको सिक्वेल, हिरो प्रदीप खड्काको बढ्दो क्रेज र  मेकिङ आकर्षणले फिल्मको कलेक्सन रेसियो मोफसल र राजधानीमा उस्तै देखिएको छ जुन कलेक्सन रेसियो  अनमोल केसीको फिल्म तथा लुट एवं कबड्डी तथा छक्का पञ्जा बनाउँने मेकरको शैली झै  आक्रमक देखियो ।

बिराटनगरका मेयर उम्मेदवार उमेश यादवः मधेसको छोरो, पहाडको ज्वाइँ !

संघीय समाजवादी फोरमबाट बिराटनगर महानगरपालिकामा मेयरका उम्मेदवार बनेका छन् ४३ वर्षीय उमेश यादव । उनी झण्डै २० वर्ष कांग्रेसको राजनीति गरेका नेता हुन् । अहिले ...