विदुरमा वृहत रक्तदान

नुवाकोटको विदुरमा रक्तदान जीवनदान भन्ने मुल नाराका साथ वृहत रक्तदान गरिएको छ । विदुरस्थित नुवाकोट सिटी अस्पताल एण्ड रिसर्च सेन्टरमा आयोजित रक्तदान कार्यक्रममा विभिन्न क्षेत्र तथा समुदायका ४० जनाले रक्तदान गर्नुभएको थियो ।

स्थानीय युवाहरुको कोर्रे रुम संस्थाद्वारा आयोजित रक्तदान कार्यक्रममा नुवाकोट जिल्ला अस्पताल, रेडक्रस नुवाकोट र नुवाकोट सिटी अस्पताल एण्ड रिसर्च सेन्टरका स्वास्थ्य प्राविधिकहरुले सेवा पु¥याएको आयोजक संस्थाले जनाएको छ ।

यसरी हुँदैछ नयाँ राष्ट्रपतिको चुनाव, कुल मत-५२७८६

अब हुने राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचनमा संघीय संसदका ३३४ र प्रदेश सभाका ५५० सांसदहरुले मतदान गर्नेछन् । तर, केन्द्र र प्रदेशका सांसदले दिएको मत ...