सरसफाई सप्ताह महाअभियानको चौथो संस्करण सम्पन्न

विदुर नगरपालिका क्षेत्र भित्र रहेका सार्वजनिक स्थल सरसफाई गर्ने उद्देश्यले विदुर सिटी युथ क्लबले आयोजना गरेको सरसफाई सप्ताह महाअभियानको चौथो संस्करण आईतबार सम्पन्न भएको छ । विदुर नगरपालिका वडा नं। १ त्रिशुली किनारामा रहेको प्रसिद्ध श्री वीर भद्रेश्वर महादेव मन्दिर क्षेत्र सरसफाई कार्यक्रममा स्थानीय क्लब त्रिशुली युथ स्पोर्ट क्लब सह आयोजकको रुपमा रहेको थियो ।

विशेष गरि श्रावण महिनामा बढी घुइचो हुने हुँदा उक्त मन्दिरका मुर्ति, दियो, घण्टी तथा परिसर सरसफाई गरि फुलको विरुवा रोपण, झाडी फडान, बाटो सरसफाई तथा वर्षायाममा आउने भल कटान गर्न ब्रेकर निर्माण गरी तथा धुप्पीको बोट समेत लगाएको र उक्त मन्दिरलाई चिनाउन मन्दिरको नाम अंकित वोर्ड समेत लगाईएको विदुर सिटी युथ क्लबका अध्यक्ष विशाल सापकोटा ले जनाएका छन् ।

ओली बाहेक सबै शीर्ष नेता तराईमा

प्रदेश नम्बर २ का सकेसम्म धेरै स्थानीय तहमा चुनाव जित्ने लक्ष्यका साथ चुनावमा होमिएका ठूला दलले चुनावी प्रचारलाई तीब्र बनाएका छन् । का‍ंग्रेस, माओवादी केन्द्र, ...