नुवाकोट र रसुवा जोड्ने पुल बगायो

नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीमा रहेको झोलुंगे पुल गएरातीको बाढीले बगाएकोे छ । फलाखु खोलामा आएको बाढीले पुलको नुवाकोटपटिको भाग बगाएको हो ।

बिदुर नगर पालिका वडा नम्वर १० को पुलको एकापटिको जीप नै बगाएपछि खोला वस्तीमा पस्ने खतरा बढेको स्थानीय शशीकुमार डंगोलले बताउनुभयो । फलाँखु खोलामा आएको बाढीले धार्मिक तथा ऐतिहासिक क्षेत्र बेत्रावतीको ऐतिहासिक झोलुंगे पुल बगाएपछि खोला वस्तीमा पस्न सक्ने खतरा बढेको हो । पुलको नुवाकोटपटिको भाग भत्काएकोले तत्काल खोला नियन्त्रण नगर्ने हो भने पुलसँगै जोजिएको घरहरु समेत भत्काउन सक्ने स्थानीयले बताएका छन् । पुल बगाएपछि खोलाको बहाव नुवाकोटपटि बढी आएकोले वस्ती जोखिममा परेको स्थानीय गोसाईकुण्ड क्लबका अध्यक्ष सुरज लबटले बताउनुभयो ।

७० वर्ष भन्दा पुरानो यो पुल पक्की पुल बनेसगै पल्लिो केही दशकदेखि प्रयोगविहीन अबस्थामा थियो । तर, आफ्नो क्षेत्रको ऐतिहासिक पुलको संरक्षण गर्नु पर्छ भन्दै केही वर्ष अघि पुल मर्मत गरिएको थियो । यस्तै बाढीले भोर्लेमा सयौं रोपनी खेत बगाएको छ भने एक झोलुंगे पुल समेत बगाएको छ ।

विस्थापितलाई पुनर्वास गराउन राष्ट्रिय भुमिअधिकार मञ्च नेपाल रसुवाको माग ।

६ भदौ, रसुवा । नुवाकोट र रसुवा जिल्लालाई हेर्ने नुवाकोटको विदुरमा रहेको  राष्टिय पुनर्निर्माण प्राधिकरण उपक्षेत्रिय कार्यालयमा रसुवाका भूकम्प पीडितहरुले विस्थापितलाई पुनर्वास गराउन माग गरेका ...