दीपकले कान नै थुन्नुपर्ने के बोलिन् दीपाले ?

मंगलबार राजधानीको नयाँ बानेश्वरमा बानेश्वरको गाईजात्रा सम्पन्न भएको छ । रेडियो अडियोको आयोजनामा भएको गाईजात्रामा देशका चर्चित हाँस्यकलाकारहरुको सहभागिता रहेको थियो । आफ्नो प्रस्तुतीले उपस्थित दर्शकहरुलाई कलाकारहरुले मनोरञ्जन गराएका थिए ।

हाँस्यकलाकारहरुको उपस्थिती रहेको कार्यक्रममा निर्देशक तथा निर्मात्री दीपाश्री निरौला र निर्माता दीपकराज गिरीको पनि उपस्थिती रहने भईहाल्यो । उनीहरुले बानेश्वरको गाईजात्रामा आफ्नो प्रस्तुतीसँगै चलचित्र ‘छक्का पन्जा २’ को पनि ब्यापक प्रचारप्रसार गरे ।

कार्यक्रममा दीपाश्री निरौला र केदार घिमिरे ‘माग्ने बुढा’ ले पहिले नै प्रस्तुती दिएर बसिसकेका थिए भने पछि दीपकराज गिरी र जितु नेपालले पछि प्रस्तुती दिएका थिए । दीपक र जितुको प्रस्तुतीको क्रममा पनि दीपा र केदारले स्टेजमा चलचित्र ‘छक्का पन्जा २’ को ‘ए दाजु नसमाउ नारीमा’ बोलको गीतमा नृत्य गरेका थिए ।

गीत सकिएपछि बोल्ने क्रममा दीपाले यति चर्को स्वरले ‘नमस्ते’ भनिन् कि दीपक दुवै हातले आफ्नो कान थुन्न पुगे । ‘नमस्ते’ ठुलो स्वर बोलेकी उनले त्यसपछि भने सामान्य स्वरमा नै आफ्ना भनाईहरु राखेकी थिईन् ।

बिद्युत प्राधिकरण नुवाकोटले १० हजार भन्दा बढि महशूल तिर्न बाँकीकाको लाईन काट्न थाल्यो ।

१५ भदौ, नुवाकोट । नेपाल विद्युत प्राधिकरणले दूई महिना वा सो भन्दा वढि अवधि महशूल भूक्तानी गर्न बांकि रहेका तथा १० हजार रुपैंया भन्दा वढि ...