राप्रपा केन्द्रीय समितिको बैठक हेटौंडामा सुरु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)केन्द्रीय समितिको बैठक बिहीबार हेटौंडामा सुरु भएको छ । भदौ ४ गतेसम्म सन्चालन हुने सो बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन, प्रदेश नम्बर–२ मा हुने स्थानीय तह निर्वाचनबारे, आगामी मंसिर महिनाभित्र हुने प्रदेश र केन्द्रीय संसदको निर्वाचनका विषय, मुलुकमा बढ्दै गएको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी विभाजनको विषयमा छलफल गरिने भएको पार्टीका सहायक महामन्त्री राजाराम बड्तौलाले जानकारी दिए ।

पार्टीको विभाजनलगत्तै हेटौंडामा सन्चालन हुने यो विशेष बैठक भएको महामन्त्री बड्तौलाले बताएका छन् । पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरु सो बैठकमा भाग लिन बिहीबार हेटौंडा आएका छन् । रासस

सत्यदेवीमा डोजर दुर्घटना हुँदा एकको मृत्यु

धादिङको खनियावास गाउँपालिका ५ सत्यदेवीमा डोजर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । सोमवार विहान १० वजेतिर ग्रामिण सडक मर्मत गर्ने क्रममा डोजर रोडवाट ...