५६६ जनाले सहयोग गरे निश्चल र आशिफको राहत संकलन अभियानमा, जम्मा भयो यति रकम

केहि दिनअघि चलचित्र ‘२ रुपैँया’ र अनलाईन पेमेन्ट कम्पनी ‘इ–सेवा’ले संयुक्त रुपमा सुरु गरेको बाढीपीडित राहत कोषमा दिनदिनै रकमहरु थपिनेक्रम जारी नै रहेको छ । कोषमा आजसम्म ७ लाख ५ हजार ३ सय ४० रुपैँया ९६ पैसा जम्मा भएको छ ।

जसमध्ये सबैभन्दा धेरै सहयोग इ–सेवा फोनपे प्रा.लि ले गरेको छ । कम्पनीले २ लाख रुपैँया बाढीपीडितको सहयोगार्थ उक्त रकम जम्मा गरेको हो । यस्तै बाढीपीडितहरुको सहयोगार्थ इ–सेवा परिवारले १ लाख ५२ हजार, चलचित्र निर्देशक निश्चल बस्नेतले ५० हजार, ‘२ रुपैँया’ चलचित्रका नायक आशिफ शाहले ५० हजार, हाल अमेरिकामा बस्दै आएका सुवास केसीले २५ हजार ३ सय ६० सहयोग गरेका छन् । उक्त राहत कोषमा यो समाचार तयार पार्दासम्म ५६६ जनाको नामबाट रकम जम्मा भएको छ ।

धुर्मुस-सुन्तली नमूना वस्तीको रजिष्ट्रेशन दस्तुर छुट

७ बैशाख, काठमाडौं । सरकारले धुर्मुस-सुन्तली फाउण्डेसनले महोत्तरीको बर्दिबासमा निर्माण गरेको एकीकृत नमूना वस्तीको रजिष्ट्रेशन वापत लाग्ने शुल्क छुट दिने निर्णय गरेको छ । बिहीबार ...