यसकारण पार्टीमा जाँदा सधैँ झगडा गर्छन् राजाराम

संयोग नेपाल

नेपाली हाँस्यजगतका एकदमै अग्रज कलाकार हुन् राजाराम पौडेल । दशकौँदेखी कलाकारिता गर्दै आएका उनलाई पछिल्लो समय चलचित्र र टेलिश्रृंखलाको अभिनयले भ्याईनभ्याई छ । केहिसमय अघिमात्र उनि अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु’ र उनको अतिथी भुमिका रहेको चलचित्र ‘प्रेम गीत २’ प्रदर्शनमा आएको छ ।

‘प्रेम गीत २’मा राजारामको अतिथी भुमिका भएकोले एक सीन मात्र रहेको छ भने ‘म यस्तो गीत गाउँछु’ मा उनले गरेको कमेडीको कारणले उनका युवा फ्यानहरु बढ्नेमा कुनै दुईमत छैन । राजाराम पौडेल अहिलेका कलाकार होईनन् । उनी नेपालका चर्चित हाँस्यजोडी मह जोडी आउनुभन्दा पहिलाका कलाकार हुन् । स्मरण रहोस् राजाराम पौडेलले नै मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको जोडीलाई ‘मह जोडी’ भनि नामाकरण गरेका थिए ।

२०७२ सालको भुकम्पअगाडीसम्म नेपाल टेलिभिजनबाट प्रसारण भईरहेको हाँस्यटेलिश्रृंखला ‘जिरे खुर्सानी’ मा उनको अभिनय थियो भने अहिले प्रसारण भईरहेको ब्रेकफेलमा पनि उनको अभिनय रहेको छ । त्यसैगरी अब भदौको दोश्रो साताबाट फेरी प्रसारणमा आउन लागेको कार्यक्रम ‘जिरे खुर्सानी’ मा पनि उनको अभिनय रहने छ । कार्यक्रमको शिर्षगीतमा समेत उनलाई देख्न सकिनेछ ।

हाँस्यकलाकार पौडेल कलाकार भएको नाताले उनलाई हरेक किसिमका कार्यक्रम तथा पार्टीहरुमा गईराख्नुपर्ने हुन्छ, चाहे त्यो पारिवारिक भेटघाट हुने पार्टी होस् वा कलाकारिताको पार्टी । तर उनी पार्टीमा जाँदा सधैँ झगडा गर्ने हामीसँगको कुराकानीमा खोलेका छन् । गज्जबको अनलाईनको बिशेष कुराकानीमा हाँस्यकलाकार राजारामले भने, ‘जब म कुनै पार्टी प्यालेसमा जान्छु त्यहाँ बसेको डिजेसँग मेरो जहिल्यै झगडा पर्छ । किनभने त्यहाँ मरुन्जेल हिन्दी गीतहरु बजाईएर नाचिराका हुन्छन् । दुलाहा नेपाली, दुलही नेपाली, खाना नेपाली, खान आउने नेपाली, दुलहाको बाउ नेपाली, आमा नेपाली, दुलहीको पनि बाउ आमा नै नेपाली, खाईसकेपछि तिर्ने नोट नेपाली, सारा चिज नेपाली हुन्छ गीत बजाएर नाच्ने बेलामा हिन्दीमा नाचिराका हुन्छन् ।’

नेपाली गीतलाई निकै माया गर्ने राजाराम थप्छन्, ‘मैले पार्टीको डिजेलाई सोधेँ, ‘ए भाई! नेपाली गीत छैन ?’ उसले ‘छ’ भन्छ एक दुईओटा नेपाली बजाउँछ अनि फेरी हिन्दी बजाईहाल्छ । २/३ पटक नै यस्तो भएपछि मैले उसलाई भने, ‘ए भाई तिमीले कुनै एम्बेसीबाट तलब खाएका छौ कि ? किन यो नेपालीलाई हिन्दी गीतमा नचाईराका छौ ? तिमीलाई हिन्दीमा नाच्न मन छ भने कोठाभित्र ढोका थुनेर नाँच । तर यो मासमा नेपालीलाई नेपालीमा नचाउँ ।’ त्यसरी मेरो त्यहाँ बस्ने डिजेसँग झगडा पर्छ ।’

आफुलाई नेपाली बसेको मासमा हिन्दी गीत बजेको सन्दा एकदमै असह्य हुने राजारामको भनाई छ । नेपालीको भन्दा बिदेशीहरुले धेरै लगानी गरेर गीतहरु बनाउँछन् त्यसकारण पनि उनीहरुको गीत एकदमै राम्रो हुने राजारामको स्वीकारोक्ती छ । यहि प्रसंगमा स्वर्गीय बदरीनाथ भट्ट्राईको एक गद्यसंग्रहको भनाई ‘बिदेश फलेको बासी स्याउभन्दा स्वदेशमा फलेको ताजा नास्पाती नै मिठो हुन्छ ।’ सम्झदैँ राजारामले सबैले नेपाली गीतसंगीत र नेपाली सिनेमालाई माया गर्न आह्वान गरेका छन् ।

साउदी अरब गएका नुवाकोटका एक युवा मृत भेटिए

वैदेशिक रोजगारीका लागि साउदी अरब गएका नुवाकोटका एक युवा मृत भेटिएका छन् । नुवाकोटको विदुर नगरपालिका गेर्खुका शम्भुजंग पाण्डेको शव सोमबार बिहान समुद्रको छेउमा भेटिएको ...