त्रिशूली ‘थ्रि वि’को पिपिए सम्पन्न,नुवाकोट र रसुवाबासीले पनि सेयर पाउने

विदुर, भदौ ९, नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिशुली थ्री बी जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको छ ।
प्राधिकरण र आयोजनाको प्रवद्र्धक त्रिशुली जलविद्युत कम्पनीबिच मंगलबार पीपीएमा हस्ताक्षर भएको हो । प्राधिकरणकातर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीकातर्फबाट प्रवन्ध सञ्चालक मोहनप्रसाद गौतमले पीपीएमा हस्ताक्षर गरेका छन् । ।
सम्झौता अनुसार आयोजनाबाट सुख्खायाममा (मंसिर १६ देखि जेष्ठ १५ सम्म) उत्पादन हुने १३४ दशमलव ८८ गिगावाट घण्टा र वर्षायाममा (जेठ १६ देखि मंसिर १५ सम्म) उत्पादन हुने १५७ दशमलव ७१ गिगावाट घण्टा विद्युत नेपाल विद्युत प्राधिकरणले खरिद गर्नेछ । पीपीए दर वर्षायाम र सुख्खायाममा प्रति युनिट क्रमश ः ४ रुपैयाँ ८० पैसा र ८ रुपैयाँ ४० पैसा रहेको छ ।
आयोजनाको निर्माण आगामी पुसबाट सुरु गर्ने लक्ष्य राखिएको कम्पनीका प्रवन्ध सञ्चालक गौतमले जानकारी दिनु भयो । ‘अहिले आयोजना निर्माणका लागि निर्माण व्यवसायी छनोटको काम गरिरहेका छौं’,उनले भने– ‘आगामी पुसबाट काम सुरु गरी तीन वर्षभित्र आयोजना निर्माण सम्पन्न हुनेछ ।’
आयोजनामा प्राधिकरण तथा नेपाल टेलिकमको ३०,३० प्रतिशत, रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीयको वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत शेयर रहने छ ।
वित्तीय व्यवस्थापनका लागि नविल बैंकको नेतृत्वमा सहवित्तियकरणमार्फत लगानी गर्न प्रारम्भिक सम्झौता भएको उहाँले जानकारी दिनु भयो । सहवित्तियकरणमा जलविद्युत लगानी तथा विकास कम्पनी, नागरिक लगानी कोष र नेपाल बैंक रहने छन् ।
नुवाकोट र रसुवामा निर्माण हुने आयोजनामा प्राधिकरणले अहिले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशुली थ्रि एको क्यास्केड आयोजना हो ।

टी-ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा वेष्टइन्डिजलाई पाकिस्तानले १४३ रनले हरायो

पाकिस्तानले तीन खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा वेष्टइन्डिजलाई १४३ रनले हराएको छ। कराचीमा ९ वर्षपछि भएको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा घरेलु टोली पाकिस्तानले पहिले ब्याटिङ ...