नबिल बैंकले प्रस्ताव गर्यो लाभांस, चुक्ता पूँजी आठ अर्ब नाघ्यो

नबिल बैंक (NABIL) ले गत आर्थिक वर्षको कमाईबाट बितरण गर्ने लाभांस प्रस्ताव गरेको छ । बैंकले यस अघि गरेको घोषणा अनुसार ३० प्रतिशत बोनस प्रस्ताव गरेको हो । बैंकले कर प्रयोजनका लागि नगद लाभांस पनि प्रस्ताव गरेको छ ।

थोरै रकमले कर तिर्न पुग्ने भए पनि बैंकले १८ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको हो । बैंकले बोनस र नगद गरी जम्मा ४८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको अगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्रस्तावित लाभांस पाउने छन् । गत आर्थिक वर्षमा तीन अर्ब ६२ करोड आठ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकको चुक्ता पूँजी छ अर्ब १८ करोड ५५ लाख सात हजार रुपैंया रहेको छ , प्रस्तावित बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब चार करोड ११ लाख ५९ हजार रुपैंया पुग्नेछ ।

‘हाउ फन्नी’ को हँसाउने ट्रेलर

फिल्म ‘हाउ फन्न’ को अफिसियल ट्रेलरलाई रिलिज भएको दुई दिनमा एक लाख बढीले भिजिट गरेका छन् । शनिबार सार्वजनिक भएको यो फिल्मको ट्रेलरलाई हालसम्म युट्युवमा एक ...