गैरसरकारी संस्थालाई शुशासन र पारदर्शितामा जोड दिन सरोकारवालाहरुको माग

नुवाकोट भदौ १२, जिल्लामा रहेका गैरसरकारी संस्थाहरुले आन्तरिक सुसाशन र पारदर्शितामा जोड दिनु पर्ने सरोकारवालाहरुले बताएका छन् ।
इन्सेकको आयोजनामा आइतबार विदुरमा भएको गैरसरकारी संस्थाहरुको सबलीकरण परियोजना अन्तर्गत सामाजिक संस्थाको आन्तरिक सुसासन सम्बन्धी छलफलमा सहभागीहरुले गैरसरकारी संस्थाहरुले पारदर्शिता, नियमित वैठक, नियमित साधारण सभा जस्ता विषयमा ध्यान दिन जरुरी रहेको बताएका हुन् ।
सहायता सामाजिक संस्थाका अध्यक्ष शिवराम रिजालले गैरसरकारी संस्थाहरुले आन्तरिक सुशासनमा ध्यान दिएमा मात्र आफ्ना कामहरुको विस्वसनीयता बढ्ने बताउनुभयो । उहाले सरकारले गैरसरकारी संस्थाहरुको धैरैतिर उत्तरदायी हुनु पर्ने मापदण्डको कारण सकस भएको पनि बताउनुभयो । ‘दर्ता गृह मन्त्रालय अन्तर्गत हुने, सम्बन्धन महिला तथा बालबालिका मन्त्रालय अन्तर्गत, सिफारिस स्थानीय विकास मन्त्रालय र कर छुट र भ्याटको कुरा अर्थ मन्त्रालय अन्तर्गत रहेको छ’ उहाले भन्नुभयो ‘यसले गर्दा गैरसरकारी सस्ंथाहरु अलमलको अबस्थामा रहेका छन् ।
कार्यक्रममा सहभागी बारका प्रतिनिधी उत्तम घिमिरेले गैरसरकारी संस्थाहरुले आफ्नो नीति निर्माण गरि समान सहभागीतामा जोड दिदै राज्यको नियममा बाधिएर सेवा प्रवाह गर्नु पर्ने पर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागि सबैले गैरसरकारी संस्थाहरुको सेवा प्रवाहको निरन्तरताको लागि संस्थागत छविको सुधारमा पनि ध्यान दिनु पर्ने बताएका थिए । कार्यक्रममा गैरसकारी संस्था महासंघका अध्यक्ष मीनकुमार केसी, लोकतान्त्रिक गैरसरकारी संस्थाका अध्यक्ष राजकुमार भट्टराई, पत्रकार महासंघका अध्यक्ष कपिलदेव खनाल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

भरतपुर अस्पतालमा आजदेखि डायलायसिस सेवा सुरु

११ भदौ,चितवन, भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु गरिएको छ । अस्पतालले धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको ...